“उडी जाने ए बादल” लाई मिल्यो दर्शक श्रोताको साथ, कुमार र कर्माको समायोजन सफल साबित
screennepal
प्रकाशित: २०७५, ११ असार सोमबार
no img

स्क्रिननेपाल डटकम :
गीतकार कुमार मिश्रको शब्द रचनामा तयार भएको “उडी जाने ए बादल” बोलको गीतले निकै कम समयमा युटुबमा दर्शकहरुको अत्यन्तै राम्रो साथ पाएको छ | यस्तै दर्शकहरुले गीतको शब्द र संगीत पक्षको साथमा गीतको भिडियो पनि निकै नै उत्कृष्ट बनेको प्रतिक्रिया दिएको पाईएको छ | कुमार मिश्रको यस गीतमा कर्मा ग्याल्चन बोम्जनको संगीत र स्वर समावेश रहेको छ । गीतको अरेन्ज गर्ने काम भने फणिन्द्र राईले गरेका हुन् । गीतको शब्द पक्ष निकै नै अब्बल भईरहँदा उता गायक तथा संगीतकार कर्मा ग्याल्चन बोम्जनको स्वर र संगीत पनि उत्तिकै दमदार रहेको छ | यी सबै कुराको मिश्रणले गर्दा नै होला सायद गीतले यति राम्रो प्रतिक्रिया प्राप्त गरेको | दर्शक श्रोताहरुको प्रतिक्रियाबाट आफुलाई निकै खुशी बनाएको र एक किसिमको छुट्टै हौसला समेत आफुमा उत्पन्न भएको गीतकार कुमार मिश्रले बताएका छन् |

बिक्रम दाहालको निर्देशन र बाशु बरालको छायांकनमा तयार भएको गीतको भिडियोमा मोडल जेम्स र सबिनाले राम्रो अभिनय प्रस्तुत गरेका छन् । यस्तै भिडियोको सम्पादन भने बिष्णु खड्का (आर्यन) ले गरेका हुन् । पक्कै पनि २ निकै नै प्रतिभावान व्यक्तिको समायोजनले नै यो परिणाम दिलाएको हो | सायद यो कुरा त भनि रहनु पर्दैन कि गायक तथा संगीतकार कर्मा ग्याल्चन बोम्जनको चर्चा नेपाली सांगीतिक क्षेत्रमा कति रहेको छ | लामो समय देखि संगीतनै जीवन भनेर यसमा लागिपरेका उनका एकसाएक राम्रो गीतहरु बजारमा आइसकेका छन् | बहुमुखी प्रतिभाका धनि कर्माको स्वर र संगीत भर्न सक्ने क्षेमता दुबैको दर्शक श्रोताबाट आज सम्म सहि मुल्यांकन र कदर हुदै आइरहेको छ | गीतकार कुमार मिश्रको पनि कर्मा ग्याल्चन बोम्जन संगको सहकार्यले नै यो नतिजा दिलाएको बताउछन् | एक अर्कामा निकै प्रगाड सम्बन्धको साथमा अगाडी बढिरहेका कुमार र कर्माको समायोजनमा अरु पनि थुप्रै गीत आउदै गरेको जानकारी कुमार मिश्रले दिएका छन् |


कुमार मिश्रले लामो समय नेपाली साहित्य क्षेत्रमा बिताईसकेका छन् | तर सुरुवाती चरणबाट नै उनको लेखन क्षेमताले जादु देखायो | उनको लेखन शैली र शब्दको भावले धेरै मन छोयो जसको कारण उनि छिटो दर्शक श्रोताहरुको आँखामा परे | पछिल्लो समय उनि नेपाल बाहिर रहेका छन् | उनि हाल अमेरिकामा बसोबास गर्दछन | यसो सम्झिने हो भने अमेरिका निकै ब्यस्त जीवनको देश भनिन्छ अवश्य यो कुरा साचो पनि हो | यहि ब्यस्त जीवनबाट नेपाली सांगीतिक क्षेत्रको लागि समय निकाल्नु कति गार्हो र कठिन काम होला यो हामी आफै पनि अनुमान लगाउन सक्छौ | तर पनि उनि आफुले सके सम्म कोशिश गर्दै यहि क्षेत्रमा नै अगाडी बढिरहेका छन् | उनको धेरै शब्द रचना दर्शक श्रोता माझ आउने तयारीमा रहेको उनि बताउछन् । आफ्नो लामो समय यस क्षेत्रमा त्याग गरेका उनले आफ्नो पहिलो प्राथमिकतामा नै नेपाली साहित्य र गीत संगीत भएको हुँदा प्राण रहुन्जेल यसै क्षेत्रमा नै रमाउने उनले बताए । यस्तै उनले आफ्नो यस नया गीतलाई हेरेर सुनेर उचित प्रतिक्रिया दिनुहुनको लागि पनि सबै संगीत प्रेमी दर्शक श्रोताहरुलाई अनुरोध गरेका छन् ।

हेर्नुस भिडियो :

Comments