राजधानीमा ‘सेलो नाट्य महोत्सव–२०७५’ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, ३ असार आईतवार
no img

राजधानीमा सेलो नाटक महोत्सव सुरु भएको छ । जंगबहादुरलाई जारले काटेको मिथमा आधारित नाटक ‘सोनाम ग्याल्मो’को मञ्चनस“गै शनिबारदेखि तीनदिने ‘सेलो नाट्य महोत्सव–२०७५’ सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै पुर्वसंस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलले काठमाडौं उपत्यका वरिपरि बसोबास गर्ने तामाङ समुदायको जीवन र संस्कृतिका आयामलाई महोत्सवले थप फराकिलो बनाउने दावी गरे ।
‘तामाङ समुदाय बौद्ध दर्शनस“ग समेत जोडिएको’ भन्दै मन्त्री पोखरेलले आफू लामो समयदेखि बुद्ध नेपालमै जन्मेका हुन् भन्ने अभियानमा कटिबद्ध भएर लागिपरेको पनि बताए ।

उद्घाटन अघि महोत्सवमा अतिथिहरुलाई डम्फुरे र ताम्बा (संस्कृतिविद)हरुले गीत गाउ“दै थिएटर भित्र्याएका थिए । आगन्तुकहरुलाई ग्रामीण तामाङ परम्परा अनुसार टोटलाको फूलको टिका लगाएर स्वागत गरिएको थियो । शिल्पी थिएटर परिसर पुरै तामाङ मौलिकतासहित दज्र्युले सजाइएको थियो । कोही मौलिक तामाङ खानेकुरा गेङ, आलुम, खाप्से, फापर गेङ, गन्डु थोङसे, आईराक (तीन पाने रक्सी) लगायत चाख्दै थिए, कोही पुस्तक र मौलिक भेषभुषाको स्टलहरु रमाउ“दै । धेरैले आइराक ताङ (परम्परागत रुपमा रक्सी पार्ने भा“डो) छेउ सेल्फी खिचे । नेपाली मौलिक रंगमञ्च प्रबद्र्धन गर्ने उदेष्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले गरेको महोत्सव अवधिभर पा“च नाटक र दुइ कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

पहिलो दिन मंचन गरिएको ‘सोनाम ग्याल्मो’ले जंगबहादुरलाई जारले काटेको तामाङ मिथलाई अहिलेको जीवनस“ग जोडेर प्रस्तुत गरेको थियो । फूलमान वलको लेखन र सोनाम लामा मोक्तानको निर्देशन रहेको नाटक तामाङ सुमदायको विवाहबाट सुरु हुन्छ । विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा नाटक फ्लासब्याकमा जान्छ । त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्थमा त्यही ठाउ“मा शिकार खेल्न गएका जंगबहादुरबिचको संघर्षले नाटकलाई गति प्रदान गर्छ । मुख्य पात्र छन् भर्खरै विवाह भएको सोनाम र ग्याल्मो । ग्याल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको ‘जार काट्ने कानुन’को टेकेर आइपुग्ने सोनामबिचको उतार–चढाव नाटकमा लोभलाग्दो छ ।

बत्तीसपुतलीको शिल्पी थिएटरमा आयोजित सेलो नाटय महोत्सवमा नाटक सोनाम ग्याल्मो मञ्चन गरिदै ।

जंगबहादुर कसरी मरे ? त्यो भने रहस्यमै छाडिएको छ । तामाङ संस्कृति, परम्परा र जीवनशैलीलाई माला जस्तै उनिएको नाटकमा सोनाम लामा, शान्ति वाइबा, फुलकुमार बम्जन, सुसन लामा, चा“दनी लामा, निकिता वाइबा, निशा पाख्रिन, मात्रिका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामा लगायतले अभिनय गरेका छन् ।
आइतबार अमृत योञ्जनको कार्यपत्र प्रस्तुतिस“गै धादिङ जिल्लाको तामाङ समुदायमा प्रचलित ‘ताचेमा’ लोकनाटक र बसन्त चौधरीको कविता ‘ङाला फ्रेङबा धोङला टा’को मंचन गरिने बताइएको छ ।

बत्तीसपुतलीको शिल्पी थिएटरमा आयोजित सेलो नाटय महोत्सवमा नाटक सोनाम ग्याल्मो मञ्चन गरिदै । तस्विर : बिजु महर्जन ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले तामाङ समुदायको रंगमंच उत्थानका लागि महोत्सवले फलदायी हुने दावी गरे । पुर्वमन्त्री सुर्यमान दोङ, पुर्वराजदुत डा. गणेश योञ्जन र प्रज्ञा प्रतिष्ठानका रंगमंच विभाग प्रमुख पुष्कर गुरुङले महोत्सवको प्रसंशा गरेका थिए ।

 

Comments