माल्दिभ्सद्वारा मनोरञ्जन क्षेत्रमा बैदेशिक लगानी प्रतिबन्ध
screennepal
प्रकाशित: २०७५, ३१ जेष्ठ बिहीबार
no img

माल्दिभ्स सरकारले कार्यक्रमहरूको व्यवस्थापन गर्न मनोरन्जन र उत्पादन क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ ।
ती कामहरुमा स्थानीय लगानीलाई प्रेरित गर्न अधिक वैदेशिक लगानीलाई प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले बिहीबार जनाएका छन् ।
माल्दिभ्सको आर्थिक विकास मन्त्रीले मनोरन्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री भाडामा दिने, संगीत सम्वन्धी सामग्रीहरूको उत्पादन, विक्री, भाडामा दिने र यस्तै अन्य कामहरूमा अधिक बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार ती हरेक काम तथा व्यवसायमा कम्तीमा ५१ प्रतिशत लगानी माल्दिभ्सका नागरिकको नै हुनु पर्नेछ । विदेशीको ५० प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था गरिएको उनले बताए ।
सरकारले हालै मात्र मोबाइल फोन विक्री तथा यस सम्बन्धि तालिम, फोटोसम्बन्धि सेवालगायतका सेवामा पनि अधिक बैदेशिक लगानी रोक्ने निर्णय गरेको थियो । विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा माल्दिभ्सका झण्डै एक चौथाई युवाहरु बेरोजगार रहेको उल्लेख गरिएको छ ।  (एजेन्सी)

Comments