दु:ख पछिको सफलता संगै यसरी अगाडी बढ्दै गायक पल पाख्रिन, मलेसियाबाट यस्तो नौलो प्रयास
screennepal
प्रकाशित: २०७५, ३० जेष्ठ बुधबार
no img

स्क्रिननेपाल डटकम :
बाल्यकाल देखिको सपना तर समय र परिस्थितिले पुरा गर्न नसक्नु यो सुन्दा सबैको मनमा एक किसिमको छुट्टै आभास हुन्छ । तर आफ्नो इच्छालाई मर्न नदिएर सम्हालेर राखेर सहि समय संगै अगाडी बढ्नु र सपनाको बाटो कोर्नु त्यति बेलाको अनुभव त झनै छुट्टै रहन्छ । यो यस्तै अनुभव साटेका एक व्यक्ति हुन् पल पाख्रिन । यो नाम उनको लागि अपुरो नै भयो । किन भने उनलाई नबिर्सिकन गायकको उपाधि दिनै पर्छ । उनको विशेष क्षेत्र नै नेपाली गीत संगीत हो जसमा उनि अहिले पनि संगर्षका साथ लागिपरिरहेका छन् तर नेपालबाट भने होइन मलेसियाबाट । यो सुन्दा पनि अलिक फरक लाग्छ तर यो सत्य कुरा नै हो । लामो समय भयो उनले यस क्षेत्रमा मलेसियामा बसेर दुख गरेको । इच्छा शक्ति भयो भने जसरी नि अगाडी बढ्न सकिन्छ र जस्तो काम पनि गर्न सकिन्छ भन्ने कुराको गहकिलो उदहारण बनेका छन् आज गायक पल पाख्रिन ।

सानै देखि नेपाली गीत संगीत प्रतिको लगाव र माया मोह राखेर पनि उनि त्यो बेलामा अगाडी बढ्न सकेनन । अनेकौ कुराको सामना उनले गर्नु पर्यो । तर हरेक समस्या संग लडेर उनि अगाडी बढे । नेपालमा उनले आफुले भनेको जसरी यस क्षेत्रमा सहज भएर लाग्न सकेनन समस्या धेरै कुराको आयो । तर जब उनि मलेसियामा पुगे उनको सपनाले नया दिशा प्राप्त गर्यो । धेरै साथीभाईको साथ र प्रेरणाको साथमा आफु भित्रको कलालाई उनले बाहिर निकाले र निकै कम समयमा नै दर्शक श्रोताहरुलाई खुशी समेत बनाउन सके । करिब २ बर्षको अन्तरालमा उनको करिब ७ वटा भन्दा बढी गीत रिलिज भईसक्यो । त्यस मध्य अधिकांशले राम्रो चर्चा समेत कमायो । पछिल्लो समय उनि मलेसियामा नै रेकर्डिङ स्टुडियो खोल्ने तयारी गर्दैछन् ।

मलेसियामा रहेका थुप्रै नव प्रतिभाहरुलाई यस क्षेत्रमा आबद्ध गराउन र प्रेरणा दिनको लागि आफुले सक्दो प्रयास गर्ने उनको भनाई रहेको छ । मलेसियामा हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा समेत उनको उल्लेखनीय उपस्थिति हुने गरेको छ । उनि बहुमुखी प्रतिभाका धनि व्यक्ति हुन् । उनले गायन संगै कम्पोजिसन र अरेन्ज समेत गर्दछन । सबै विधामा उनले राम्रो अनुभव र ज्ञान हासिल गर्दैछन् । तर आगामी दिनमा भने उनलाई अभिनय तर्फ अग्रसर हुने सोच रहेको उनले बताएका छन् ।

उनले धेरै प्रकारको गीतमा आफ्नो सुमधुर स्वर भरिसकेका छन् । तामाङ सेलो गीतबाट आफ्नो गायन यात्रा सुरु गरेका उनले आज सम्म सेन्टिमेन्टल, आधुनिक , डान्स नम्बर र पप गीतमा समेत उनले आफ्नो स्वर दिइसकेका छन् । उनले दिएको जानकारी अनुसार उनको अरु पनि थुप्रै नया गीत रिलिजको तयारीमा रहेको छ । अबको केहि समयमा नै नेपाल फर्किने तयारी गरेका उनि आगामी दिन अभिनय र गीत संगीतलाई संग संगै लिएर जान चाहने धारणा ब्यक्त गरेका छन् । आफुले सधैव दर्शक श्रोताहरुको लागि नै मेहेनतको साथ गरेको र आगामी दिनमा समेत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् । यस्तै उनले आफ्नो यात्रामा दर्शक श्रोताहरुको साथ र माया आवश्यक भएको भन्दै सबै दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर उचित प्रतिक्रिया दिनुहुन आग्रह समेत गरेका छन् ।

हेर्नुस भिडियो :

Comments