रुपकुमार–मेनुकाको गीतमा मर्काउँदै ज्योति मगर !
screennepal
प्रकाशित: २०७५, २३ जेष्ठ बुधबार
no img

गायिका ज्योति मगर भन्नेवित्तिकै धेरैको ‘आङ–सिरिङ’ हुन्छ । मान्छेहरु भन्छन्, ‘ज्योतिको गायन प्रस्तुती भन्दा पनि ‘ग्ल्यामसर’ बिक्छ ।’ त्यसैले होला, उनी गायनसँगै मोडलिङ पनि गर्छिन् । यस्तै, अब यसै शुक्रबार एक भिडियोमा ज्योतिको हट अवतार देख्न पाइने भएको छ ।

गायक रुपकुमार राई र गायिका मेनुका राईले ‘नौलाई सुन्य नब्बे’ बोलको गीत गाएका छन् । जुन गीतको भिडियोमा यिनै ज्योतिलाई देख्न पाइनेछ । केही समययता ओझेलमा रहेकी ज्योतिलाई यस भिडियोले फेरि एकपटक पुर्नतार्जकी दिनेछ ।
‘सेक्सी लुक्स’ अनि ‘ग्ल्यामरस’ प्रस्तुती ज्योतीको पहिचान हो । यति भएपछि ज्योति मगरको नाम सुन्दा वैंशले लर्खराएका युवाको ‘आङ सिरिङ’ नहुने कुरै भएन । त्यसैले पनि ज्योतिलाई आफ्नो गीतमा गायाक÷गायिकाले भिडियोमा अफर गर्दै आएका छन् । ‘नौलाई शुन्य नम्बे’मा ज्योतिले अभिनय गर्नुको सिलसिला पनि यही हो । डिआर अटुको शब्द तथा संगीत रहेको यस अंक गणितिय प्रेमभावको भिडियोमा ज्योति मगरसँग काजिश श्रेष्ठले अनस्क्रिन रामोन्स गरेका छन् ।
ज्योति र काजिशको अभिनयकै कारण यस गीतको भिडियोले व्यापकता पाउने निर्माणपक्षले अपेक्षा गरेको छ । यस गीतलाई रुपकुमार र मेनुकाले सिंगल ट्रयाकमा ल्याएका हुन् ।

Comments