मलेसियामा चल्दै छ नव गायक संजय तामाङको यस्तो जादु, गीत संगीतमा नौलो प्रयास
screennepal
प्रकाशित: २०७५, २३ जेष्ठ बुधबार
no img

स्क्रिननेपाल डटकम :
पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा नया प्रतिभाको आगमन निकै तीव्र छ । एक पछि अर्को नया नया प्रस्तुतिको साथमा नया प्रतिभाको प्रवेश भईरहेको छ । यस्तै एक प्रतिभाको नाम हो नव गायक संजय तामाङ । नेपाली गीत सांगीतिक क्षेत्रमा रुमलिएका उनि अब भने निकै जोडतोडले नेपाली गीत संगीतमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । हुन त यति बेला उनको नाम नौलो नै लाग्न सक्छ सबैलाई तर उनको प्रतिभाले भने उनलाई दर्शक श्रोता माझ परिचित गर्ने धेरै समय लाग्ला जस्तो देखिदैन ।

धादिङमा जन्मेका यी गायकले बाल्यकाल देखि नै गीत संगीतमा रुची राखे । तर धेरै समस्याको घेरामा परेर उनले बाल्यकाल देखिको सपना आफ्नो इच्छा नेपालमा रहुन्जेल पुरा गर्न सकेनन । हाल उनि मलेसियामा कामको शिलशिलामा रहेका छन् । मलेसिया गए पछि भने उनले आफ्नो बाल्यकाल देखिको सपना पुरा गर्ने थुप्रै आधार र बाटो पाए । धेरै साथीभाईहरुको हौसला र आफु भित्रको गीत संगीत प्रतिको लगावले उनलाई गीत संगीतमा तान्यो । त्यसपछि उनि संगर्ष गर्न तर्फ लागे । करिब २ बर्ष बितिसक्यो उनले निकै मेहेनतको साथ गीत संगीतमा लागेको । यो अन्तरालमा उनले धेरै कबर गीतमा आफ्नो स्वर दिए र मलेसियामा हुने धेरै सांस्कृतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिएर आफ्नो स्वरको जादु चलाए ।

यस्तै उनले मलेसियामा नै रहेको रोधी घरहरुमा समेत गीत गाउने थाले जहाँबाट उनको चर्चा अझ बढी हुँदै गर्यो । उनको गाउने शैली र उनको स्वर दुबैको जादु दर्शक श्रोता माझ चल्यो । यस्तै उनले मलेसियामा नै रहेको केबल म तिम्रो लागि नामक रोधी घरले सम्मानित समेत गरेको थियो । उनि लोक दोहोरी क्षेत्रमा पनि निकै खरो उत्रिए । उनि मलेसियामा बसेको करिब ३ बर्ष बितिसक्यो तर यहि ३ बर्षको समयमा उनले धेरै नै उपलब्धि हासिल गरे । उनको गाउने शैली र फरक स्वरको कारण उनलाई धेरै तामाङ गीतहरुमा समेत गाउनको लागि अवसर आइसकेको छ । अबको केहि समय पश्च्यात उनको स्वरमा नया तामाङ गीतहरु पनि सार्वजनिक हुने उनले जानकारी दिएका छन् । उनले नेपाली गीत संगीतमा आफ्नो यात्राको बिषयमा बोल्दै आफु लामो समय संग लाग्नको लागि नै यस क्षेत्रमा पाईला राखेको र आफ्नो पाईला आफ्नो सांस नरोकिने सम्म चालिनै रहने समेत प्रतिबद्धता जाहेर गरे ।

करिब २ बर्ष देखि निकै सक्रिय भएर गीत संगीतमा लागेता पनि उनको पहिलो गीत भने अब रिलिजको तयारीमा रहेको छ । अबको केहि समयमा नै उनको “मनमा बास मागी” बोलको सेन्टिमेन्टल गीत सार्वजनिक हुन लागेको उनले जानकारी दिएका छन् । उनको यस गीतमा स्वयम उनको स्वर र बिनय केटुको संगीत र अरेन्ज रहेको छ । गीतको भिडियोको छायांकन समेत केहि दिन अगाडी समाप्त भईसकेको छ । अबको केहि समय नै दर्शक श्रोता माझ उक्त गीत सार्वजनिक गरिने उनको भनाई रहेको छ । पहिलो गीत आधुनिक शैलीमा निर्माण गरेको र सके सम्म राम्रो बनाउने प्रयास आफुबाट गरेको उनको धारणा छ । तर अबको दिन दर्शक श्रोताको साथ र माया आफुलाई निकै खाँचो हुने हुँदा उनले सबैलाई आफुलाई हौसला र सल्लहा सुझाब दिनुहुन समेत हृदय देखि नै आग्रह गरेका छन् ।

Comments