‘धुर्मुस—सुन्तली फाउण्डेसन’लाई ८ लाख
screennepal
प्रकाशित: २०७५, १६ जेष्ठ बुधबार
no img

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस सुन्तली फाउण्डेशन’ पर्यटन व्यवसायीले आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।
एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेको उनीहरुले बतएका छन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीतारामलाई हस्तान्तरण गरिएका थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरीब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउण्डेशनलाई थोरै भएपनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताए ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको वताए ।

Comments