‘रेस–३’को यस्तो छ ट्रेलर
screennepal
प्रकाशित: २०७५, २ जेष्ठ बुधबार
no img

 काठमाडौं, २ जेठ । बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस–३’ को ट्रेलर सार्वजनिक भएको छ । आम दर्शक यस फिल्मको पर्खाइमा छन् । यसैबीच सलमानले ‘रेस–३’लाई लिएर एक खुलासा गरेका छन् ।
सलमानले दुर्ई वर्षअघि यो फिल्म गर्न इन्कार गरेका थिए । ट्रेलर सार्वजनिक गरेपछि सलमानले भने, ‘मलाई यो फिल्मका लागि दुई वष पहिलो अफर आएको थियो । मलाई लागेको थियो, रेस जस्तो थ्रिलर फिल्मका लागि म फिट हुन्न ।’
सलमानका अनुसार ‘रेस–३’ एक मनोरञ्जनात्मक फिल् हो । जब फिल्म तयार भयो, त्यसपछि उनले यस्तो बताएका हुन् । सलमानले फिल्ममा इमोशन, एक्शन, म्यूजिक, ग्ल्यामर सबै चीज भएको बताए । उनले आफ्नो बडी स्टार भूमिकाबारे भने, ‘फिल्ममा जति कास्ट छौं, सबैले राम्रो गर्ने प्रयास गरेका छौं ।’
यस फिल्ममा सलमानका जैकलिन फर्नांडीज, बबी देओल र अनिल कपू्रको स्टण्ट देख्न सकिन्छ । यो फिल्म १५ जूनमा रिलिज हुँदैछ । यस फिल्मलाई रेमो डिसूजाले निर्देशन गरेका हुन् ।

Comments