बेहुली बन्दा यस्तो देखिइन् सोनम (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
no img

काठमाडौं, २६ बैशाख । बलिउड अभिनेत्री सोनम कपूर मंगलबार दिल्लीका व्यापारी आनन्द आहूजासँग तामझामका साथ विवाह बन्धनमा बाँधिएकी छन् । उनीहरुले पंजाबी रीति–रिवाजअनुसार विवाह गरे ।


विवाह रिसेप्शन सेरेमनिमा सोनम हरियो र सेतो रंगको इन्डो वेस्टर्न लेहेँगामा सजिएकी थिइन् । दुलाहा बनेका आनन्द कालो र सेतो रंगको इन्डो वेस्टर्न लुकमा देखिए । सोनमको रिसेप्शनको उक्त पहिरन अनामिका खन्नाले डिजाइन गरेकी हुन् ।


विवाह समारोहमा भने सोनमले रातो र गोल्डन कलरको लेहेँगा लगाएकी थिइन् । त्यो अनुराधा वकिलले तयार गरेकी थिइन् । अनन्दले भने गोल्डन र सेतो रंगको शेरवानी लगाएका थिए । सोनमको संगीत सेरेमनी सोमबार बांद्रास्थित सन्टेक सिग्नेचर आइलैन्डमा भएको थियो । त्यस दौरानमा उनले अफ व्हाइट कलरको लेहेँगा, ह्याभी चोली तथा झुम्का र नेकलेस लगाएकी थिइन् ।

Comments