यस कारण बलिउड सेलिब्रेटी ‘गसिप’का खुराक !
screennepal
प्रकाशित: २०७५, १७ बैशाख सोमबार
no img

काठमाडौं, १७ बैशाख । बलिउड सेलिब्रेटीको यस्तो क्रेज छ, उनीहरु जहाँ देखिए वा भेटिए पनि गसिप बन्छन् ।
यस्तै, आइतबार केही सेलिब्रेटी यस्ता ठाउँमा देखिए, तब ती सेलिब्रेटीका गसिपले डिजिटल अनलाइनका पाना रंगिएका छन् ।
बलिउड सेलिब्रटीहरु कोही रेष्टुेरण्टमा त, कुनै बर्थ–डे पार्टीमा भेटिएका थिए । आइतबार अभिनेत्री करिना कपूर छोरा तैमूरसँग आमा बबिताको घरमा देखिइन् । फोटोग्राफरले उनको तस्बिर क्लिक गरिरहँदा छोरा तैमूरसँग करिनाले विभिन्न पोज दिएको विषयलाई बलिउडमा रामै्र गसिप बन्यो ।


गसिपकारलाई निहुँ त हो । अनलाइनको जमानामा गसिप बिक्ने पनि भयो । त्यसैले पनि बलिउडमा गसिप बढी लेखिन्छ ।
पछिल्लो समय टिभी सिरियल ‘ये है मोहब्बते’ अभिनेत्री करिश्मा शर्मालाई गसिपकारले पछ्यारहेका छन् । यी अभिनेत्रीलाई आइतबार मुम्बईस्थित बान्द्रमा भेटिइन् ।
कलरफुल पिन्टेड शर्ट–ड्रेसमा भेटिएकी करिश्मा ‘गर्जियस’ देखिएकी थिइन् । यी सुन्दर टिभी अभिनेत्रीको ‘लुक्स’को तारिफ गर्न गसिपकारहरु कति पनि कन्जुस गर्दैनन् । साँच्चीकै सुन्दर छिन् यी अभिनेत्री । राम्री भएकै कारण उनी छाइरहेकी हुन्छिन् । आइतबार कालो गाजलमा बान्द्रामा भेट्दा फोटोग्राफर समेत लोभिएका थिए ।
सुरुमा यी अभिनेत्री एकता कपूरको वेब सिरीज ‘रागिनी एमएमएस रिर्टन’मा देखिएकी थिइन् । उक्त वेब सिरीजमा उनले एकदमै ‘बोल्ड सिन’ दिएकी थिइन् । त्यस्तै, आइतबार बान्द्राकै एक क्याफेमा श्रीदेवीकी छोरी खुशी कपूर पनि भेटिइन् । उनले लाइट पिंक कलरको फ्रक लगाएकी थिइन् । उनी अभिनेता संजय कपूरकी पत्नीको बर्थ–डे पार्टीमा सहभागी हुन त्यहाँ पुगेकी रहेछिन् । संजय कपूरकी पत्नी महिप कपूरले बर्थडे पार्टी करन जौहरको घरमा गरिएको थियो । यस पार्टीमा सिद्धार्थ मल्होत्रा, अर्जुन कपूर, मलाइका अरोडा, अमृता अरोडा, सोहा अलि खान, कुणाल खेमू, रिया कपूर, डीनो मोरियालगायतका सेलिब्रेटी सहभागी थिए । (एजेन्सीको सहयोगमा)

Comments