फुरुंग दीपिका | भन्छिन्, ‘म भाग्यमानी’
screennepal
प्रकाशित: २०७५, ७ बैशाख शुक्रबार
no img

काठमाडौं, ७ बैशाख । बलिउड अभिनेत्री दीपिका पादुकोण फुरुंग छिन् । विश्व चर्चित म्यागनि ‘टाइम’ले यी अभिनेत्रीलाई सन् २०१८ को १०० प्रभावशाली व्यक्तित्वको सुचिमा अँटाएको छ । ‘टाइम’ म्याजिनले जारी गरेको सुचिमा बलिउडबाट दीपिकामात्रै छिन् ।
सुचिमा भारतीय क्रिकेटर विराट कोहलीको पनि नाम छ । सुचि सार्वजनिक भएपछि अभिनेत्री प्रियंका चोपडाले यी दुवैलाई सोशल मिडियामार्फत बधाई दिएकी छन् ।
प्रियंकाले ट्विटरमार्फत दीपिका र विराटका बारेमा लेखेकी छन्, ‘मेरो दुवैजना साथीको नाम सुचिमा देख्दा एकदमै खुशी लाग्यो । र गर्व महशुस गरिरहेकी छु । दुवैलाई बधाई ।’


आफ्नो खुशी दीपिकाले पनि सोशल मिडियामार्फत फ्यान्सलाई शेयर गरेकी छन् । तस्बिरसँगै उनले क्याप्सन लेखेकी छन्, ‘टाइमको १०० को सुचिमा पर्न सफल हुँदा एकदमै खुसी छु । यो खुसी यहाँहरुमाझ शेयर गरेकी छु ।’
फिल्म ‘पद्मावत’मा आफ्नो शानदार अभिनयका कारण दीपिकाको चर्चा चुलिएको हो । कलाकारतर्फ म्यागजिनले निकोल किडमैन, स्टर्लिङ ब्राउन, रयान कुगलर र गेल गेडटलाई सुचिमा राखेका छन् ।
विन डिजलले दीपिकाबारे म्यागजिनमा लेखेका छन्, ‘दीपिकाको फिल्ममा काम गराई, उनको प्रतिबद्धता र स्तरियता प्रमुख मानिन्छ । उनीमा जस्तोसुकै भूमिका गर्ने कला र क्षमता छ । दीपिका एक स्टार मात्र नभएर अभिनेत्रीका पनि अभिनेत्री हुन् ।’

Comments