अञ्जु पन्तले गाइन् रोइला ‘हाम्रा बालाई थर्काउ’ (भिडियोसहित)   | Screennepal

अञ्जु पन्तले गाइन् रोइला ‘हाम्रा बालाई थर्काउ’ (भिडियोसहित)  

काठमाडौं, २९ फागुन । रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला  गित ‘हाम्रा बालाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ  ।

निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायिका अन्जु ले बताइन ।

मौलिक र उत्कृष्ट रोइला  गीत ल्याएको भन्दै आम दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आएको छ ।  गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ ।

रोशन गैरेको उत्कृष्ट शब्द सिर्जना तथा संगितमा बनेको गितमा करिष्मा ढकाल र रोशन गौरेको  अभिनय रहेकोे छ । काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् ।

‘हाम्रा बालाई थर्काउ ’ को भिडियो हेर्नुहोस ।



Facebook Comment