स्क्रीनमा चुलिँदै ‘अधिकार’
screennepal
प्रकाशित: २०७४, २० फाल्गुन आईतवार
no img

काठमाडौं, २० फागुन । करिब एक दशक हास्य सिरियलले नेपालका टेलिभिजनका पर्दामा एकछत्र राज गरे । त्यो समयमा धाराबाहिक र पारिवारिक सिरियलहरु बन्द भए । नेपाली दर्शकले हाँँस्यबाहेक अरु सिरियलले टेलिभिजनका पर्दामा अनुशारसम्म देख्न पाएनन् । अझैपनि हास्य सिरियलको संख्या बढिरहेको बेला पारिवारिक र धाराहिक सिरियल टेलिभिजनका पर्दामा लरखराउन थालेको छ ।


कमेडी सिरियल हेर्दाहेर्दा वाक्क भएका नेपाली दर्शकलाई अहिले धाराबाहिक सिरियल ‘अधिकार’ले लोभ्याउन थालेको छ ।
नेपाल टेलिभिजन मार्फत हरेक हरेक शुक्रबार साँझ ७ः२५ बजे प्रसारण हुदै आएको सिरियलले चर्चा पाउन थालेको हो । नेपाल टेलिभिजन र राष्ट्रिय सुचना आयोगको संयुक्त प्रस्तुति रहेको धाराबाहिक सिरियलमा आफ्ना अधिकारका कुरा कसरी लिने भन्ने सन्देश दिन खोजेको सिरियल हो ।

यो टेलिफिलम एकातिर मनोरञ्जन छ भने अर्कोतिरबाट जनचेतना फैलाउने हिसावले निर्माण गरिएको हो । यसमा बुढाबुढी देखि लिएर अहिलेका यूवायूवतीहरुलाई लक्षित गरेर निर्माण गरेका छौ । यसमा कथा ,कलाकार चयन देखि लिएर निर्माण गरेका छौ नेपाल टेलिभिजनका कार्यक्रम महाशाखाका प्रमुख माधव कार्की बताए । बिस्तारै अन्य चेतना मुलक सिरियल पनी थपिदै लैजाने उनले बताए ।


लभ स्टोरीका साथै सन्देश मुलक सिरियल भएका कारण यूवापुस्तामा पनि लोकप्रियता भएको निर्देशक रमेश कोइरालाले बताए । कुनै अधिकार कसरी प्राप्त गर्ने र कहाँबाट सुचना लिने भन्ने बारे अभिनय मार्फत सन्देश दिन खोजेका हौँ, कोइरालाले भने ।
टेलि(चलचित्र भन्ने बित्तिकै म के चाहन्छु भने टेलिचलचित्र हेर्नि आम दर्शकले रियालेटी पाओस यथार्थता पाओस। चाहे कमर्सियल उद्ेश्यले बनाएको किन नहोस त्यहाँ पनि सूचना,चेतना को गन्ध हुनु पर्छ ।चेतना मूलक भए सूचना र मनोरन्जनले भरि पूर्ण होस जहा हास्य, रोदन का अतिरिक्त रोमान्च प्रेम देखियोस प्रेम बिना को संसार कल्पना पनी गर्न सकिदैन यसैलाई मसला बनाएर निर्माण गरिएको हो ।

दर्शकले छोटो समयमै यति धेरै मन पराईदिनु भएको छ । मैले नयाँपन दिएका कारण पनि दर्शकले मन पराईदिनु भएको हुन सक्छ । मैले पुरानो शैलीबाट अलिक माथी उठेर दर्शकको चाहाना अनुरुप सिरियल बनाएको हुँ । दर्शकले रुचाइदिनुभएको छ । यसलाई अझ राम्रो बनाउदै लैजानेछु कोइरालाले भने । यस सिरियलमा रमेश बुढाथोकी, रश्मी भट्ट, पवन केसी, संजय खतिवडा, शिवसंकर रिजाल, जेएन घिमिरे, सनम कयात, सीपी पौडेल, अमृता पाण्डे, पुजा गौतमलगायतको अभिनय रहेको छ ।
बिकास भनेको सहरिकरण मात्र होइन सही बिकास,सुचना र चेता पनी हो भन्ने सन्देश सिरियलको छ । कथा र निर्देशन रमेश कोइरालाको छ भने पटकथा र सम्बाद पवन केसीले गरेका छन् । मन मनमा र लिला ठुलो पर्दाको चलचित्र निर्देशन गरेका रमेश यतिबेला टेलिचलचित्रमा होमिएका छन् ।

 

Comments