रश्मीसँग ‘फेवा तालैमा’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १६ माघ मंगलवार
no img

गायक प्रनिल तामाङले नयाँ गीत बजारमा ल्याएका छन् । ‘फेवा तालैमा’ बोलको लोकपप गीत सार्वजनिक भएको हो, जसमा उनकै शब्द र संगीत रहेको छ ।

गीतमा म्युजिक एरेन्ज आशीष सुनुवारको छ । पोखराको फेवाताल र साराङकोटमा खिचिएको गीतको भिडियोमा मोडल रश्मि तामाङसँग प्रनिल र रोज गुरुङले रोमान्स गरेका छन् । रविन थापाले निर्देशन गरेको गीतको भिडियो छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् । ‘गीतमा निकै मिहनेत गरेको छु, आशा छ दर्शकले रुचाइदिनुहुनेछ,’ गायक तामाङले भने ।

Comments