सार्वजनिक गरे गायक नवराज राईले आफ्नो नया गीतको प्रोमो……..भिडियो सहित
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
गीत संगीतमा लागेका धेरै पलायन भए र यो धेरै जसो नेपाली गीत संगीतको हकमा लागु भएको देखिन्छ । तर निकै कम मात्र निरन्तर लागिपरेको पाईएको छ । अझ बिशेष गरि प्रवासमा रहेका सर्जकहरु देखि नेपाली गीत संगीतको विकास र प्रवर्धन र मार्गदर्शन भएको पनि देखिन्छ । प्रवासमा रहेका सर्जकहरुको नाम सुची धेरै लामो छ । त्यस मध्यको एक नाम हो नवराज राई । यो नाम नौलो या नया होइन । यो नामको पहिलो प्रस्तुतिले धेरैको मन छोयो जसको कारण उनि छोटो समयमा परिचित बने । गत बर्षलाई फर्केर हेर्ने हो भने उनको “हारै हार भयो” बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको थियो । त्यसपछि उनले केहि समय लिए र अहिले अझै फरक र उत्कृष्ट प्रस्तुति लिएर अगाडी आउने प्रयासमा रहेका छन् ।

यसको अर्थ हो उनको नया गीत अब सार्वजनिक हुने तयारी अवस्थामा छ । अबको केहि समयमा नै उक्त गीत सार्वजनिक गरिने गायक नवराज राईले जानकारी दिएका छन् । उनले यति बेला नया गीतको प्रोमो भने सार्वजनिक गरेका छन् । गीतको भिडियोको ५८ सेकेन्डको प्रोमो युटुबमा रिलिज गरिएको हो । सार्वजनिक हुने तयारीमा रहेको “तिमी नै” बोलको उनको यस गीतमा स्वयम उनकै शब्द , संगीत र स्वर समावेश रहेको छ । पहिलेको गीतको अनुसार यो गीत बिल्कुलै फरक छ । यो पूर्ण रुपमा रोमान्टिक गीत रहेको उनले बताए । यस्तै गीतको भिडियो पनि आकर्षक तयार भएको प्रोमोले बताउछ । गीतको भिडियो निर्देशन राकेश किरातीले गरेका हुन् । यस्तै गीतको भिडियो छायांकन र सम्पादन बुद्धि थापा मगरले गरेका हुन् । यस्तै गीतको प्रोमोमा मोडल प्रेसिका निरौलाको अभिनय रहेको देखाईएको छ ।

आफ्नो नया गीतलाई लिएर आफु निकै उत्साहित रहेको उनको भनाई रहेको छ । पहिलेको प्रस्तुतिको कमि कमजोरीलाई पनि चिन्तन मनन गरेर अहिलेको नया प्रस्तुतिमा सुधार्न खोजेको उनले बताए । हरेक पल्ट नया र राम्रो प्रस्तुति दिने प्रयासमा रहने उनि यसपटकको गीतले अझ बढी दर्शक श्रोताको मन जित्ने कुरामा विश्वस्त देखिन्छन । अरु पनि थुप्रै नया गीतहरुको निर्माण तयारी आफुले गरिरहेको पनि उनले बताए । तर समयको विस्तार संगै आफुले पालै पालो आफ्नो नया नया गीतहरु दर्शक श्रोता माझ पेश गर्ने उनले बताएका छन् । यस्तै उनले आफ्नो पछिल्लो गीतलाई माया गरिदिनुहुने सबैलाई धन्यवाद दिदै आफ्नो आउदै गरेको यस गीतलाई पनि हेरेर सुनेर आफ्नो प्रतिक्रिया दिनुहुन सबैलाई अनुरोध गरेका छन् ।

हेर्नुस प्रोमो :

Comments