फ्लाइटेकका निर्देशक हुसैन सम्मानित
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

काठमाडौं, २९ पुस । फ्लाइटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक नाजिर हुसैन ‘विशेष सेवा सम्मान–२०७४’ बाट सम्मानित भएका छन् ।
विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी हुसैन फोकस नेपालले काठमाडौँमा शुक्रबार आयोजना गरेको पर्यटन प्रवद्र्धनमा नवनिर्वा्चित जनप्रतिनिधि र नागरिक समाजको भूमिका विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका हुन्।
पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक हुसैनले एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । हुसैनले सयौं विधार्थीहरुलाई विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेका छन्।
उनीसँगै शेषराज आचार्य, सिंहराज ब्रजाचार्य, इन्द्रमान महर्जन, विवेक विजुच्छेलगायत सम्मानित भएका छन् । रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो।
हुसैनले यसअघि ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’तथा नेपाल हस्पिटालिटी अवार्ड प्राप्त गरिसकेका छन् ।

Comments