अतृप्त ब्याण्डसँगै डेजाभूमा प्रस्तुत हुँदै नविन के भट्टराई
screennepal
प्रकाशित: २०७४, २० मंसिर बुधबार
no img

काठमाडौं, २० मंसिर । लोकप्रिय गायक नविन के. भट्टराई १ पुसमा दरबारमार्गस्थित क्लब डेजाभूमा आयोजना हुने ‘एनकेबी भाइब्स’ शीर्षकको सांगीतिक कार्यक्रममा प्रस्तुत हुँदैछन् । उनी अतृप्त ब्याण्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेका हुन् ।
सा“झ ७ बजेपछि प्रारम्भ हुने उक्त कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने आयोजक संस्था टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले जनाएको छ । गायक भट्टराई आवद्ध अतृप्त ब्याण्डमा भने चार जना संगीतकर्मी छन् । ब्याण्डमा प्रभात रिसाल ड्रमरको रुपमा छन् भने धिरज क्षेत्री ब्याक भोकल तथा रिदम गिटारिष्टको रुपमा आवद्ध छन् । भाष्कर राज घिमिरे लिड गिटारिष्टको रुपमा आवद्ध ब्याण्डमा चन्दन दर्शनधारी बास गिटारिष्टको रुपमा सक्रिय छन् ।
गायक भट्टराईको लाइभ कन्सर्ट लगत्तै क्लबमा डिजे सेसन सञ्चालन गरिने आयोजक संस्थाका प्रमुख एसराज गराचले जनाएका छन् ।
डिजे शिशिर तथा गायिका बबिता मानन्धर डिजे सेसनको आकर्षणको रुपमा रहने छन् भने डिजे रोलिङ तथा डिजे आशिक पनि डिजे सेसनमा सहभागि हुनेछन् । कन्सर्टमा ओसिन सिटौला उद्घोषिकाको रुपमा रहने कन्सर्टका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले जनाएका छन् ।

 

Comments