कल्पना भन्छिन्, ‘समृद्ध राष्ट्र निमार्णका लागि बाम गठबन्धनलाई जिताऔ’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १५ मंसिर शुक्रबार
no img

काठमाडौं, १५ मंसिर । उद्यमी कल्पना लिम्बू योङहाङलाई यतिखेर चुनावी चटारो छ । नेकपा एमालेको तर्फबाट काठमाडौंको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभाका लागि समानुपातिक उमेद्वार रहेकी कल्पना करिब एक महिनायता मतदाताको घरदैलो चहारिरहेकी छन् ।
बाम गठबन्धनको बलियो पकड रहेको सो क्षेत्रमा घरदैलो कार्यक्रमका क्रममा मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको कल्पनाले बताइन् । ‘यो क्षेत्रमा बाम गठबन्धनको जीत सुनिश्चित छ’ कल्पनाले भनिन्, ‘पहिलेदेखि यहाका जनता बाम एकता चाहन्थे । यसपटकको एकताले जनता उत्साहित छन् ।’ बाम गठबन्धन भएपनि समानुपातिकतर्फ नभएकाले सुर्य चिन्हमा मतदान गरेर आफूलाई जिताउन तीन नम्बर क्षेत्रमा मतदातासँग अनुरोध समेत गरेकी छन् ।
२०४० सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय कल्पनासँग नकेपा एमालेको भातृ संगठन तथा विभिन्न इकाईहरुमा रहेर कुसल कार्यसम्पादनको अनुभव छ । अर्थनीति र राजनीतिलाई सँगै डो¥याउन सकेमात्र देशको विकास हुने धारणाकी कल्पना भन्छिन्, ‘बाम गठबन्धनको जीतसँगै अब समृद्ध राष्टको पनि ढोका खुल्नेछ ।’

प्रदेश सभाको समानुपातिकमा आफू चुनिए महिलाको हकअधिकार र विकासका कुरालाई जोड दिने उनले बताएकी छन् । उनले यस ऐतिहासिक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनलाई बहुमतले जिताउन अनुरोध गर्दै कम्युनिष्ट एकता राष्ट्र विकास र समृद्धिको सुत्रधार भएकोमा जोड दिइन् । प्रतिनिध र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउँदो २१ गते हुँदैछ ।
प्रतिनिध र प्रदेश सभा निर्वाचनमा प्रदेश–३ को काठमाडौ क्षेत्र नं. ३ को नेकपा एमालेको तर्फबाट प्रदेश सभाका लागि समानुपातिक उमेरद्वार कल्पना लिम्बू योङहाङसँग गरिएको कुराकानी ।

Comments