पत्रकार टिआरसँग मीनाको ‘चासोक तङ्नाममा भेट’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, ११ मंसिर सोमबार
no img

काठमाडौं, ११ मंसिर । पत्रकारहरु हिजोआज समाचार मात्र लेख्दैनन् । उनीहरु फिल्म तथा म्युजिक भिडियो निर्देशन, अभिनय र मोडलिङमा पनि सक्रिय हुन थालेका छन् । यस्तै, तेह्रथुमलाई डेटलाइन बनाएर समाचार लेख्दै आएका टिआर सुब्बा पनि मोडलिङमा देखिएका छन् । टिआर अभिनीत पहिलो म्युजिक ‘चासोक तङनाम पहिलो भेटमा’ यु–ट्युवमा सार्वजनिक भएको छ ।
गीतकार तथा मोडल विष्णुकुमार इङ्नामको पहिलो भिडियो एल्बम ‘यो जीवन’ मा संग्रहित ‘चासोक तङ्नाम’ बोलको यस गीतको भिडियोमा पत्रकार टिआरसँग मोडल मीना मादेनले रोमान्स गरेकी छन् । भिडियोमा यी जोडी राम्रै जमेका छन् । इङ्नामको शब्दरचना रहेको यस गीतमा सञ्जय तुम्रोक र सुनिता थेगिमको सुररिलो स्वर रहेको छ । गयस गीतको भिडियोलाई गीतकार इङनामले आफ्नै यु–ट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतका इङ्नामको ६ वटा भिडियो संग्रसहित ‘यो जीवन’ यसैसाता सार्वजनिक गरिएको हो । ती भिडियोहरु क्रमश यु–ट्युबमा आउने गीतकार इङ्नामले बताएका छन् ।

Comments