‘मेरो माया’भन्दै पल र करिश्माको रोमान्स (भिडियो)
screennepal
प्रकाशित: २०७४, ११ मंसिर सोमबार
no img

काठमाडौं, ११ मंसिर । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएएका युवा गायक सञ्जिव खरेल ‘मेरो माया’ भन्दै आएका छन् । गायक सञ्जिवको यो पहिलो सांगीतिक कोशेलस् हो । आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया…’ गीतको भिडियोमार्फत गायक खरेलले दर्शक तथा स्रोताको माया पाउँने अपेक्षा गरेका छन् ।
गोपाल रसाइलीद्वारा संगीत संयोजन तथा मिक्सिङ गरिएको यस गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको जोडीले अभिनय गरेको छ । भिडियोमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ ।
वियोगान्त रुपमा टुंगिएको एउटा प्रेमकथालाई चित्रण गरिएको यस म्युजिक भिडियोको निदेशन लक्ष्मण पौड्यालले गरेका हुन् ।
नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरेका छन् । गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यमार्फत व्यक्त गर्न निर्देशक सफल देखिएका छन् ।
भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले लिएको छ । निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् ।
यस्तो छ मेरो मायाको म्युजिक भिडियो

https://www.youtube.com/watch?v=6DzloM7wNOI&feature=youtu.be

Comments