एड्रिनको आयो ‘च्याङ्बा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २ मंसिर शनिबार
no img

काठमाडौं, २ मंसिर । चर्चित गायक एड्रिन प्रधानद्वारा स्वरबद्ध ‘च्याङ्बा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । केही दिनअघि कालिङपोङको दश माइलस्थित होटल अञ्जलीमा एक समारोहबीच म्युजिक भिडियो सार्वजनिक गरिएको भएपनि यु–ट्युबमा पनि भर्खरै रिलिज गरिएको हो ।
सार्वजनिक गीत तथा भिडियोलाई अजय राईले निर्देशन गरेका हुन् । उज्वल बम्जनको शब्दरचना रहेको सो गीतमा संगीत पनि अजयकै रहेको छ । निलम मोक्तानको म्युजिक एरेञ्ज रहेको ‘च्याङ्बा’को भिडियोमा सञ्जय शेर्पा र पिंकी सुन्दासले सुन्दर अभिनय गरेका छन् ।
यस गीतको भिडियोलाई रिन्छेन भुटियाले खिचेका हुन् भने सम्पादन विक्की प्रधानले गरेका हुन् । ‘च्याङ्बा’ गीतको भिडियोलाई वाल नेपालको यु–ट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

https://www.youtube.com/watch?v=v14UYgLDqE4&feature=youtu.be

Comments