यस्तो अवतारमा देखिए मुस्ताङको सिरेटोमा अमृता–निराजन (फोटोफिचर))
screennepal
प्रकाशित: २०७४, २५ कार्तिक शनिबार
no img

काठमाडौं, २५ कात्तिक । ‘तिमीलाई…’ भन्दै गायिका अमृता लिम्बू मुस्ताङको रमणीय स्थलहरुमा मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गायकसँगै मोडलिङमा समेत रुचि राख्दै आएकी अमृता र निराजनको जोडी खुबै जमेको छ । यो चिसो मौसममा समेत ता–तात्तो दृश्यमा अभिनय गरेर काठमाडौं फर्केकी अमृताले भनिन्, ‘भिडियो गजबको बनेको छ ।’

केही दिनअघि छायांकन गरिएको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियो कस्तो बनको छ ? भन्ने त केही दिनपछि मात्र थाहा हुनेछ ।
तस्बिरमा देखिएको मनमोहक दृश्य अनि गीतको बोल ‘तिमीलाई’, र फेसन डिजाइनर कमल मानन्धरको सुन्दर पहिरन क्रियशनलाई हेर्दा पक्कै भिडियो राम्रो बनको छ भन्ने अनुमान गर्न सकिन्छ ।


राजु राईले लेखेको यस गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् । जो अहिलेका व्यस्त र चर्चित संगीतकार हुन् ।

 

Comments