काँकडभिट्टामा पनि फेसियल हाउसको शाखा विस्तार
screennepal
प्रकाशित: २०७४, ३० आश्विन सोमबार
no img

काठमाडौं, ३० असोज । एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले शाखा विस्तारक्रमलाई तिब्र बनाएको छ । दसैंको पूर्वसन्ध्यामा काठमाडौंका दुई भिन्न स्थानमा सुविधा सम्पन्न शाखा विस्तार गरेको फेसियल हाउस लेडिज्ए ण्ड जेन्ट्स सैलूनले आईतवार एक समारोह आयोजना गरि काकडभिट्टा शाखा उद्घघाटन गरेको छ । उक्त शाखाको उद्घाटन काँकडभिट्टा उपमियर मिना उप्रेति र फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले गरे ।
काठमाडौंको मुटु सुन्धारास्थित काठमाडौं मलबाट प्रारम्भ भएको फेसियल हाउसको यात्रा सुन्धारासंगै रहेको सिटिसी मल, चाबहिल, बागबजार , पोखरा हुदै काकडभिट्टासम्म फैलिएको हो ।
२०५५ सालदेखि व्युटिसियनका रुप कार्यरत सुषमा महरा अझ बढी सेवा दिन ‘फेसियल हाउसको आगामी शाखा नेपालकै नाम रहने गरि देशवाहिर समेत शाखा विस्तार गर्न लागिएको बताउनुभयो ।

Comments