उदितका छोरा आदित्यको ‘फूल जस्तै…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २४ आश्विन मंगलवार
no img

काठमाडौं, २४ असोज । नेपाली र भारतीय गीत–संगीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदितनारयण झाका छोरा आदित्यनारायण झाद्वारा स्वरबद्ध नेपाली आधुनिक गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ । यो गीतकार एवं निर्देशक सञ्जय बरालका अनुसार यसअघि थुप्रै चलचित्रका गीत गाइसकेका आदित्यको पहिलो नेपाली आधुनिक गीत हो ।
संगीतकार शिखर सन्तोषको संगीत रहेको ‘फूल जस्तै’ गीतलाई मनी शर्मा रिजालले लेखेका हुन् । रिजालले पछिल्लो समयमा निकै राम्रा सिर्जनाहरु पस्किन थालेपछिको अर्को उत्कृष्ट यो गीत बनेको संगीतकार सन्तोष बताउँछन् ।
फूलको जस्तो वास्ना लिएर प्रमिका एक प्रेमीलाई भेट्न आउँदा कस्तो हुन्छ होला भन्ने भाव मिसिएको उक्त गीतमा वुद्ध थापाको टीमले क्यामेरामा साथ दिएका छन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका गीतकार एवं निर्देशक सञ्जय बरालले गीतलाई सुन्दर ढंगले भिडियो निर्देशन गरेका छन् । यस भिडियोमा अभिनेत्री केकी अधिकारी र पुष्पल खड्काले अभिनय गरेका छन् ।

Comments