हार्दिक श्रद्धाञ्जली | रहिनन् काजल
screennepal
प्रकाशित: २०७४, २० आश्विन शुक्रबार
no img

काठमाडौं, २० असोज । बालकलाकार काजल नेपाली रहिनन् । प्रतिभाका धनी काजलको विहीबार राती उपचारकै क्रममा अन्तर्राष्ट्रीय बाल मैत्री अस्पतालमा निधन भएको हो । नेपाली गीतसंगीतको क्षेत्रमा बालकलाकारको रुपमा अभिनय गर्दै आएकी काजल २०६८ सालदेखि म्युजिक भिडियोहरुमा देखिँदै आएकी थिइन् । काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन ।
आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हाँसेरलगायत म्युजिक भिडियोमा अभिनय गरेकी काजल केही वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन ।
काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली तथा लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन् ।

Comments