‘माया’ सार्वजनिक, अलिशा गाउँकी छोरी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २९ भाद्र बिहीबार
no img

काठमाडौं, २९ भदौ । गीतकार माया मगरले आफ्नो एकल गीतहरुको संगालो ‘माया’ सार्वजनिक गरेकी छन् । सार्वजनिक एल्बममा गायक तथा संगीतकार उत्तमजंग लिम्बूको एकल संगीत रहेको छ भने पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको आवाज समेटिएको छ ।


एल्बममा गाउँकी छोरी, चाहिँदैन रेशमको साडी, पल पल, बदनाम भएँ, भुँन भुँन गर्ने र ठिटी झापाली बोलका गीत रहेका छन् । एल्बममा समावेश गीतमध्ये गाउँकी छोरी बोल गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।


‘गाउँकी छोरी’ गीतको भिडियोमा चर्चित मोडल अलिशा राई गाउँकी छोरी बनेकी छन् । कलम राईको निर्देशनमा बनेको यस भिडियोलाई सौरभ लामाले खिचेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो भिडियो निकै उत्कृष्ट बनेको छ भने यस एल्बमबाट मायाले एक कुसल गीतकारको परिचय बनाउने छिन् भन्ने शंका छ्रैन किनकि, गीतकार मायाको शब्दशिल्पीलाई संगीतकार र गायिकाले मर्न दिएका छैनन् । समग्रमा भन्नुपर्दा ‘माया’ एक उत्कृष्ट एल्बम बनेको छ ।

Comments