गायिका बनिन् नायिका सारिका
screennepal
प्रकाशित: २०७४, २९ भाद्र बिहीबार
no img

काठमाडौं, २९ भदौ । नायिका सारिका घिमिरे गायिका बनेकी छन् । सारिकाले आफ्नो पहिलो गीति एल्वम ‘मोहनी’ ल्याएकी छन् । एल्बमकको राजधानीमा आयोजित एक कार्यक्रमविच विमोचन गरिएको छ । एल्वममा चार वटा गीत संग्रहित छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै संगीत रहेको छमछम, सारिका घिमिरेकै शब्द तथा डेनी निरौलाको संगीत रहेको सान्नानीबोलको गीतहरु छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा संंगीत पनि उनले भरेकी छन् ।
कार्यक्रममा के देखेर माया लायौ बोलको गीतको भिडियो समेत सार्बजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् ।

Comments