फर्पिङमा ‘के देखेथेँ एक नजर’ (फोटो फिचर)
screennepal
प्रकाशित: २०७४, २८ भाद्र बुधबार
no img

काठमाडौं, २८ भदौं । गीतकार लोक राईको मर्मस्पर्शी शब्दमा मेगास्टार राजेशपायल राईको स्वर रहेको ‘के देखेथे एक नजर’ को म्युजिक भिडियो निर्माण गरिएको छ । जसको निर्देशन फोटो पत्रकार नविनबाबु गुरुङले गरेका छन् ।


दिनेश सुब्बाको संगीत रहेको यस भिडियोलाई फर्पिङ आसपासमा छायांकन गरिएको छ । भिडियोमा सागर थापा र सब्बु गुरुङले अभिनय गरेका छन् । निर्देशक नविनका अनुसार भिडियोलाई सतिश श्रेष्ठले सम्पादन गर्ने भएका छन् । नबिन अनुसार म्युजिक भिडियो सकेसम्म दशैँअघि नै सार्वजनिक गरिने छ ।

Comments