१०० शृंखलाको अवसरमा ‘लेप्चे’ टिमको खुसी
screennepal
प्रकाशित: २०७४, २३ भाद्र शुक्रबार
no img

काठमाडौं, २३ भदौं । हास्य टेलिशृंखला ‘लेप्चे’ले १००औं भाग पूरा गरेको छ । हरेक शनिबार बेलुका ८ः३० मा एनटिभी प्लसमा प्रसारण हुँदै आएको ‘ल्याप्चे’ले १००औं शृंखला पूरा गरेको अवसरमा एक कार्यक्रम गरी शुभकामना आदन–प्रदान गरेको छ ।
विभिन्न मिडियामा हास्य कार्यक्रमहरुको प्रतिस्पर्धाबीच पनि छुट्टै पहिचान बनाएको यस सिरियलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । आफ्नो जन्मउत्सवको अवसर पारी आयोजना गरिएको कार्यक्रममा गोरखा जिल्ला स्वाँरा गाउँमा रहेको दृष्टिबिहिन बालबालिकाहरुका लागि सहयोगार्थ विभिन्न सामान वितरण गरेको थियो ।
२०७२ भदौ २० बाट सुरु भएको यस टेलिसिरियलका लेखक दीलिप तामाङ, निर्माता मित्रलाल तामाङ, क्यामरामेन मरुभूमि नारायण र निर्देशक लक्ष्मण लम्साल तथा टीकाराम आले हुन् । यसमा रोहित कार्की, दीलिप तामाङ, देवबहादुर शाही, हेमा शाही, देवी आले, लक्ष्मण चौलागाई, राजकुमार श्रेष्ठलगायत विदेशी कलाकार एलिना हार्डियमको पनि अभिनय रहेको छ ।

Comments