आमा–छोरा भए अनु र कुशाग्र (VIDEO)
screennepal
प्रकाशित: २०७४, १६ भाद्र शुक्रबार
no img

काठमाडौं, १६ भदौं । गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हा“स भने…’ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका जुना प्रसाईंको स्वर तथा प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन रहेको यो गीत गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’मा समावेश छ । यस म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छन् । बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन् ।
हरि हुमागाई“द्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छन् ।

Comments