भुवनको ‘आउँदो रहेछ यस्तो मोडहरु…’ (हेर्नुस् भिडियो)
screennepal
प्रकाशित: २०७४, ९ भाद्र शुक्रबार
no img

काठमाडौ, ९ भदौ । हरेक मान्छेको जिन्दगीमा कुनै कुनै मोडहरु त आउँछ नै । तर, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको जस्तो चाहीँ नहोस् । यि पछिल्लो समयका ब्यस्त तथा चर्चित गायकको जिवनमा कस्तो मोड आयो त ? त्यो थाहा पाउनलाई भने भिडियो हेर्नैपर्छ (भिडियो लिंक हेर्नुस्) ।


गायक भुवनले आफ्नो पछिल्लो अर्थात पाँचौ एल्बम ‘सम्मान मेरो’मा समावेश ‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु…’ बोल गीतको भिडियो सार्वजनिक गरेका छन् । जुन भिडियोमा ‘शंकाले घरबार र भविष्य अन्धकार बन्ने’ जस्ता भावमा व्यक्त गरिएको छ । ‘शंकाले लंका जल्छ’ भनेजस्तै भिडियोमा एक अर्काप्रतिको प्रेममा शंकाले उत्पन्न गरेको उताव चढावलाई चित्रण गरिएको छ ।
गायक तथा संगीतकार भुवनको यस सार्वजनिक गीत तथा भिडियोमा विना आधार शंका गर्नु हुन्न भन्ने सन्देश बोकेको छ । गीतको भिडियोमा कसैलाई सहयोग गरेकै भरमा शंका गरेर अनावश्यक यातना दिइएको दृश्य निकै भावनात्मक छ ।
विश्वकाजी राईको शब्द तथा महाराजा थापाले एरेन्ज गरेको यस गीतमा भुवनकै संगीत र स्वर छ । कृष्ण आचार्यको निर्देशन रहेको यस भिडियोलाई युवराज राईले छायाँकन गरेका छन ।
भिडियोमा दिक्पाल कार्की, बर्षा शिवाकोटी र सुजन राईले अभिनय गरेका छन् । भिडियोमा दिक्पाल र बर्षाको उत्कृष्ट अभिनय छ । यस भिडियोबाट गायक भुवन आशावादी छन् । उनी भन्छन्, ‘यस भिडियोका लागि निकै मिहिनेत गरेका छौं । मोडल दिक्पाल र वर्षाले पनि शसक्त अभिनय गरेका छन् । त्यसैले यस भिडियोलाई दर्शक एवं श्रोताले रुचाउँछन् भन्ने मलाई लागेको छ ।’

 

Comments