व्यक्तित्व : बुहआयामिक सुदर्शन…!
screennepal
प्रकाशित: २०७४, ३ भाद्र शनिबार
no img

काठमाडौं, ३ भदौ । जसरी कला र प्रतिभालाई उमेरले छेक्दैन, त्यस्तै काम गर्ने इच्छा र आकांक्षालाई पनि । सुदर्शन सुबेदी यसैको एक उदाहरण हुन् । उमेरले भर्खरै १७ टेकेका सुदर्शन इभेन्ट मेनेजमेन्टदेखि ब्रिटिस काउन्सिलको स्कुल्स एम्बासडरसम्म रहेका छन् । पछिल्लो समय प्यासिफिक इभेन्ट मेनेजमेन्टमा आवद्ध रहेर काम गर्दै आएका सुदर्शन यस्तै–यस्तै दर्जनौ संघसंस्थामा आवद्ध छन् ।


ओखलढुंगाको नर्मदेश्वरमा जन्मिएर काठमाडौंमा हुर्किएका स्ुदर्शन भन्छन्, ‘स्कुल पढ्दादेखि नै केही न केही गरौं भन्ने मलाई सोच आएको हो ।’ हिमालय ह्वाइट हाउसबाट यसै वर्ष वायोलोजीमा प्लस–टु सकेका सुदर्शनले कक्षा ८ मा अध्ययन गर्दादेखि नै इभेन्ट मेनेजमेन्ट गर्न सुरु गरेका हुन् । स्कुल पढ्दैदेखि तिक्ष्ण बुद्धि र प्रतिभाका कारण ‘स्कुल क्याप्टेन क्लव’को अध्यक्ष बनेका सुदर्शनले ‘वेस्ट क्याप्टेन अफ द भ्याली’को उपाधि पनि पाएका थिए । उनले भने, ‘उक्त उपाधि पाउँदा म कक्षा ९ मा अध्ययन गर्दैथिएँ ।’
‘नपढी केही हुँदैन र पढेरमात्र पनि केही नहुने’ धारणा बोकेका सुदर्शन भन्छन्, ‘काम गर्नका लागि भित्रि इच्छा हुनुपर्छ ।’ आफ्नो भनाइमा जस्तै कामप्रति इच्छा र तिव्र आकांक्षा लिएर अगाडि बढ्दै गरेका सुदर्शन सोसल वर्कमा मात्र नभएर कला क्षेत्रमा पनि दख्खल राख्छन् । यसैको उदारहण हो, ‘उत्कृष्ट बालनाटक निर्देशक ।’ सन् २०१५ मा उनले शैली थिएटरले आयोजना गरेको ‘छैटौ राष्ट्रिय बालनाटक महोत्सव–२०१५’ ‘बहुलाकाजीको सपना’ मार्फत उकृष्ट बालनाटक निर्देशक उपाधि पाएका थिए । त्यसका पनि केही नाटकहरु निर्देशन गरेका सुदर्शन पछिल्लो समय भने इभेन्ट मेनेजमेन्ट र सोसलवर्कम व्यस्त हुँदै आएका छन् ।


प्यासिफिक इभेन्ट मेनेजमेन्टले आयोजना गर्दै आएको ‘सिन्ड्रेला नेपाल’को मेनेनमेन्टको जिम्मेवारी बहन गर्दै आएका सुदर्शन ‘काठमाडौं इको क्लव’का संस्थापक अध्यक्षसमेत हुन् । यस क्लवले वातावरण व्यवस्थापनसम्बन्धी काम गर्ने गरेको सुदर्शनले बताए ।
यहाँसम्म आइपुग्दा सुदर्शनले थुप्रै इभेन्टहरुको कुसल व्यवस्थापन गरिसकेका छन् । हिमालय क्लव डि–सान्टियाको अध्यक्ष भएर छैटौ विज्ञान प्रदर्शनीको संयोजत्वसमेत गर्न भ्याएका सुदर्शन २०७१ मा ‘स्टुडेन्ट अफ द इयर’ भएका थिए । त्यसपछि थप काम गर्ने हौसला र प्रेरणा जागेको उनले सुनाए ।
यसरी विभिन्न क्लव तथा सामिाजिक संघसंस्थाहरुका आवद्ध भएर आफूलाई सक्रिय गराउँदै आएका सुदर्शन ‘नेपाली क्लव’ नामक संस्थाको फाउण्डर सदस्य हुन् । उक्त संस्थाले शिक्षा र वातावरणबारे काम गर्छ । सुदर्शन पछिल्लो समय ‘ग्लोबल एन्टरप्रेनरशीप बुथ क्याम्प’ मा नेपालको तर्फबाट छनोट भएका छन् । यो कार्यक्रम यही १७, १८ र १९ मा ककनीमा हुँदैछ ।
२०७२ बैशाखमा गएको विनासकारी भूकम्पबाट पीडितहरुका लागि विभिन्न जिल्लामा पुगेर राहत वितरणमा समेत आफूलाई संलग्न गराएर सामाजिक कार्यमा उभ्याएका सुदर्शनको लक्ष्य भने डेन्टिस बनेर सेवा गर्ने सोच बनाएका छन् ।

Comments