जब फोटो पत्रकार नविनले ‘उत्कृष्ट निर्देशक’को अवार्ड पाए…
screennepal
प्रकाशित: २०७४, ३० श्रावण सोमबार
no img

काठमाडौं, ३० साउन । गायिका लक्ष्मी स्याङतानको ‘उडी जाने…’ बोलको गीत तथा भिडियो त यहाँहरुले सुनेको÷हेरेकै होला । हो, यसै गीतको भिडियोले फोटो पत्रकार नविनबाबु गुरुङलाई उत्कृष्ट भिडियो निर्देशकसम्म उडाएर पु-याएका छन् अर्थात् यस भिडियोले नविनबाबुले ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७४’मा उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका छन् ।
गएको शनिबार धादिङबेसीमा आयोजित अवार्डमा उनले आधुनिकतर्फ अवार्ड पाएका हुन् । लक्ष्मीको ‘उडी जाने…’ गीतको म्युजिक भिडियोमा नविनबाबुको निर्देशनसँगै छायांकन पनि रहेको छ । लामो समयदेखि फोटो पत्रकारितासँगै म्युजिक भिडियो निर्देशन र छायांकनमा सक्रिय रहँदै आएका नविनले अवार्ड हात पारेपछि भने, ‘यो अवार्ड पाउँदा मेरो कामको मूल्यांकन भएजस्तो आभाष भएको छ । एकदमै खुसी छु ।’ नविन हालै सम्पन्न ‘म्युजिक खबर म्युजिक अवार्ड’मा पनि उत्कृष्ट पाँच छायाँकारमा मनोनित भएका थिए । तर, अवार्ड भने पाएनन् । उत्कृष्ट पाँचमा पर्न पनि ठूलो कुरा हो ।
म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त रहँदै आएका नबिनबाबुले भर्खरैमात्र एक तीज गीतको भिडियो निर्देशन गरेका छन् । पार्वती राइको अभिनय रहेको उक्त म्युजिक भिडियोको यतिखेर चर्चामा छ । फोटो पत्रकारिता र म्युजिक भिडियो निर्देशनलाई सँगसँगै अडाडि बढाउने सोच बनाएका नविनले भने, ‘मलाई भिडियोमा पनि नयाँ नयाँ क्रियशन दिनु मनपर्छ ।’

Comments