राजेशपायलले यस्तो गाएछन् लिम्बू पालाम ! (भिडियो हेर्नुहोला)
screennepal
प्रकाशित: २०७४, ८ श्रावण आईतवार
no img

काठमाडौं, ८ साउन । गायक राजेशपायल राईलाई त्यतिकै ‘भर्सटायल गायक’ भनिएको होइन । उनी जस्तोसुकै गीत पनि गाउँछन् । नेपाली गीतमात्र नभएर उनी राई, लिम्बूलगायतका विभिन्न भाषाका गीत पनि उत्तिकै राम्ररी गाउँछन् । यिनै भर्सटायल तथा मेगास्टार राजेशपायलले लिम्बू गीत पालाम पनि गाएका छन् । यो पालाम चारखोले इलाममा गाइने लिम्बू पालामको भाका हो । यो गाउन निकै गाह्रो छ । तर, राईको छोरा भएर पनि राजेशपायलले यस पालामलाई सरल रुपमा गाएका छन् ।


‘आसेवारो’ एल्बममा समावेश यो गीतमा राजेशपायलसँग गायिका मनु नेम्बाङले स्वर दिएकी छन् । मनु लिम्बू भाषा गायनकी चर्चित गायिका हुन् । यस पालामको ललितपुरस्थित माङहिममा छायांकन गरिएको हो भने यसलाई निर्देशन लोकेशन साँवा लिम्बूले गरेका हुन् ।

यस पालाममा तेह्रथुमे ढाका बुटिककी निरु आङबुङले तयार गरेको पहिरनमा मोडलहरु देखिएका छन् । यसमा बविता फोम्बो, रुपामा आङबुहाङ, निशा पोमु, सिर्जना निङ्लेखु, मेरिना चेम्जोङ, रिना लिवाङ, मञ्जु थेबे र जुनी सुहाङले अभिनय गरेका छन् । त्यस्तै, प्रदीप योङहाङ, गृष्म आङबुहाङ, सैलेन्द्र थेबे, दिनेश योङहाङ, सागर खजुम, मौसम माखिम, तोर्ण खजुम र राज लिम्बूले अभिनय गरेका छन् । यस भिडियोलाई आसेवारो प्रोडक्शनले सार्वजनिक गरेको हो ।

Comments