विश्वप्रख्यात ब्याण्ड ‘लिंकिन पार्क’का गायक चेस्टरद्वारा आत्महत्या
screennepal
प्रकाशित: २०७४, ७ श्रावण शनिबार
no img

काठमाडौंं, ७ साउन । विश्व प्रख्यात हलिउडका रक ब्याण्ड ‘लिंकिन पार्क’ को मुख्य गायक चेस्टर बेनिंगटनले आत्महत्या गरेको समाचार छ । चेस्टरको यो आत्महत्याको खबरले विश्व संगीत दुनियाँका पे्रमीहरु दुखित छन् । चेस्टरको मृत्यु हुन केही दिनअघि मात्र यस ब्याण्डले आफ्नो नयाँ गीत ‘टकिग टू माईसेल्फ’ को भिडियो रिलीजगरिएको थियो ।
समाचारका अनुसार यो ब्याण्डले साता दिन पछि आफ्नो अमेरिका टूर शुरू गर्दैथियो । यो ब्याण्डको एक सदस्य क्रिस कोर्नेलले पनि गएको मे, २०१७ मा आत्महत्या गरेका थिए । क्रिसको मृत्युपछि चेस्टर धेरै भावुक बनेका थिए । उनले भावनामा डुबेर एक पत्र समेत लेखेका थिए । आफ्नो साथी ब्याण्ड सदस्यको आत्महत्याकै कारण मर्माहित बनेका चेस्टरले के कारण आत्महत्या गरेका भन्ने चाहिाँ खुलाइको छैन । तर, उनले क्रिसकै जन्मदिन २० जुलाईमा आत्महत्या गरेका छन् ।
चेस्टरका परिवार शहर बाहर बस्दै आएका छन् । उनी आफ्नो सहकर्मीका साथ लस एञ्जलस आसपासमा बस्दै आएका थिए । चेस्टरले आफ्नो घरमा आत्महत्या गरेको सामाचार जनाइएको छ । चेस्टरको मृत्युको खबर ‘लिंकिन पार्क’ को गिटारिस्ट र गीतकार माइक शिनोडाले ट्वीटमार्फत उल्ल्ेख गरेका छन् । उनीहरुले लेखेका छन्, ‘अचम्मित र दुःखी तर यो साँचो हो ।’ -Agency

‘टकिग टू माईसेल्फ’भिडियो :

Comments