‘डिमाण्डेड’ मालाप्रति सुनिलको पिर…! (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७४, ६ श्रावण शुक्रबार
no img

काठमाडौं, ६ साउन । मोडल तथा अभिनेत्री माला लिम्बू सुनिल क्षेत्रीसँग देखिएकी छन् । नेपाली मोडलिङ बजारमा आफूलाई निकै ‘डिमान्डेड’ मान्ने मालाप्रति सुनिलले पिर प्रकट गरेका छन् । ‘तिमै्र लाग्छ पिर’ भन्दै एक सुपर मार्केटमा माला र सुनिलले कम्मर मर्काएको यस गीतलाई गायक सुसन साम्सोहाङ लिम्बुले गाएका हुन् । जो पछिल्लो समय गायनमा जमिरहेका छन् । त्यस्तै, सुनिल रियालिटी शो ‘डान्स इन्डिया डान्स’को सिजन–२०१३ मा सहभागी भइ आफूलाई टप १० मा पार्न सफल व्यक्ति हुन् ।
यस भिडियोको निर्देशन सुनिलले नै गरेका हुन् । कोरियोग्राफी र मोडलिङमा जमिरहेका सुनिललाई म्युजिक भिडियो निर्देशनमा ल्याउने काम गायक सुसनले गरेका हुन् । ‘तिम्रै लाग्छ पिर’ बोल गीतको यो भिडियो केही दिनअघि सार्वजनिक भएको हो । जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । नरेश भट्टराईको शब्दतथा हरि लम्सालको संगीत रहेको यस भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ ।

Comments