महेश र समुन्द्रमानलाई मुम्बईमा अवार्ड
screennepal
प्रकाशित: २०७४, ६ श्रावण शुक्रबार
no img

काठमाडौं, ६ साउन । दुईजना नेपाली कलाकारले भारतको मुम्बईमा अवार्ड प्राप्त गरेका छन् । कलाकारदय महेश आचार्य र समुन्द्रमानसिंह श्रेष्ठले ‘स्पन्दन इन्टरनेशनल’ बाट ‘एक्सिलेन्ट अवार्ड’ प्राप्त गर्नुभएको हो । स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महिनाको बीचमा २५०० कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो । ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० जना कलाकारलाई अवार्ड गरेको कलाकार महेश आचार्यले बताउनुभयो ।
जुलाई १७ का दिन मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा एक समारोहका बीच कलाकारलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा भारतका कलाकार पृथ्वी सोनीले अवार्ड प्रदान गर्नुभएको थियो ।
नेपाली कलाकारको कलालाई अवार्डले अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको कलाकार महेश आचार्यले बताउनुभयो । कलाकार समुन्द्रले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला बनाउन सक्ने भन्न कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि हुँदै गएको बताउनुभयो । दुई वर्ष अघि १२ जना नेपाली कलाकारको प्रदर्शनी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा भएको थियो । सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी हुनुभएको थियो ।

Comments