‘मेरो मनमा व्यर्थै फूलेका थ्यौं…’! (भिडियो)
screennepal
प्रकाशित: २०७४, २९ असार बिहीबार
no img

काठमाडौं, २९ असार । गीतकार राम रेप्चुङ राईको शब्दरचना रहेको नयाँ गीतको भिडियो सावएजनिक भएको छ । केही साताअघि मात्र रामको एक गीत रिलिज भएको थियो । अहिले भने ‘मेरै मनमा फूलेको थ्यौ ब्यर्थै झर्यौ भन्दिन म’ बोल गीतको भिडियोलाई यु–ट्युवमार्फत सार्वजनिक गरिएको हो ।
पूनम लिम्बू सम्बाहाम्फेको स्वर तथा चन्दु गोर्खालीको संगीत रहेको यस भिडियोलाई चन्दुले नै निर्देशन गरेका हुन् । यस भिडियोमा पछिल्लो समयकी निकै व्यस्त सम्पदा बानियाँका साथमा जयदत्त र नमुनाले मोडलिङ गरेका छन् । यस भिडियोमा मेघराज मगरातीले छायाँकन र सम्पादन रहेको छ
दर्जनौ गीतमार्फत दर्शक–श्रोताको मन जित्न सफल गीतकार रामले यस गीतबाट पनि राम्रै चर्चा पाउने अपेक्षा गरेका छन् । उनी भन्छन्, ‘मिहिनेतले एउटा राम्रो गीत तयार भएको छ, यसको भिडियो पनि राम्रो बनेको छ । त्यसैले दर्शक–श्रोताले रुचाउँछन् भन्ने लागेको छ ।’

https://www.youtube.com/watch?v=H86cKfItGuo

Comments