तिज नजिकिँदै गर्दा ‘युकेको सहरमा’ दीक्षा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २७ असार मंगलवार
no img

काठमाडौं, २७ असार । नेपाली नारीहरुको महान पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नृत्यांगना तथा मोडल दीक्षा गिरी ‘आस्मा’ ‘युकेको सहरमा…’ मा देखिएकी छन् । यसो भनेर अचम्म नपर्नुहोला किनकि, यसपालीको तिजका लागि भनेर गायिका टिका पुनले गाएको ‘युकेको सहरमा…’ बोल गीतको भिडियोमा दीक्षा मोडलका रुपमा देखिएकी हुन् । दीक्षा गिरीले अभिनय गरेको यो भिडियो भर्खरै यु–ट्युबमा रिलिज गरिएको हो । धर्मराज गिरीको शब्द तथा लय रहेको छ ।

Dikshya Giri
परिवर्तित आधुनिक समाजसँगै तिज गीतका भाका र शब्दहरु प्नि फरिँदै गएको छ । यसैको लहरमा ‘युकेको सहरमा…’ परेको छ । पहिले–पहिले तिज गीतहरुमा सासु–बुहारी झगडा गरेको अनि पतिको दीर्घायुको कामना गरिएको हुन्थ्यो । तर, अब तिज गीतहरुमा ढिक्कोथेक र विदेशका कुरा पनि मिसिन थालेका छन् । जे–स्तो भएपनि यो तिज गीत निकै राम्रो बनेको छ । नृत्यांगना तथा मोडल दीक्षाले भिडियोमा राम्रै कम्मर मर्काएकी छन् । जसले गर्दा यस गीतले अवश्य तिजमा नेपाली दिदी–बहिनीहरुलाई नचाउँनेछ । टिका पुन आफैमा लोक गायनमा चर्चित नाम हो । जसका कारण पनि ‘युकेको सहरमा…’ गीतलाई श्रोता तथा दर्शकले रुचाउँनेछन् भन्ने हाम्रो पनि आशय हो ।

दीक्षा व्यवसायिक मोडल भने होइनन् । तर, नृत्य भने उनको पेसासँग जोडिएको छ । नृत्यसँगै मोडलिङमा रुचि राख्ने दीक्षा भन्छिन्, ‘राम्रो राम्रो गीतको भिडियोमा प्रस्ताव आयो भने अभिनय गर्न तयार छु ।’ उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी बताइन् ।
नृत्यकी पारंगत तथा सुन्दर रुपकी धनी दीक्षाका लागि मोडलिङमा भविष्य उज्ज्वल देखिन्छ । मोडलिङसँगै उनले स्टेज पर्फमेन्समा पनि आफ्नो रुचि रहेको उनले सुनाइन् ।

Comments