लौ हेर्नुस् लक्ष्मीको ‘सानै छँदा…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १४ असार बुधबार
no img

काठमाडौं, १४ असार । कलाकार तथा मोडल लक्ष्मी योङहाङ गायिकाका रुपमा उदाएकी छन् । विभिन्न कार्यक्रममा नृत्यांगनाका रुपमा प्रस्तुत हुँदै दर्शकको मनमा बस्न सफल हुँदै आएकी लक्ष्मीले ‘सानै छँदा।।।’ बोलको गीत गाएकी छन् । जुन गीतको भिडियोसमेत निर्माण गरी सार्वजनिक भएको छ ।

laxmi

भिडियोमा गायिका सयंमले अभिनय गरेकी छन् । साथै, भिडियोमा लक्ष्मीसँग सैलेन्दै थेबे, दीपक र बालकलाकारद्वारा इलिपाज र जिसनले पनि अभिनय गरेका छन् । ‘सानै छँदा’ भिडियोमा लाहुरेका रुपमा देखिएका सैलेन्द्रले यसअघि पनि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

लक्ष्मीलाई गायिका बनाउने यस गीतको शब्द सुनिल संगम र संगीत देवकुमार चौधरीले गरेका हुन् । दिया मिडियाले सार्वजनिक गरेको यस भिडियोमा लक्ष्मीले गायनसँगै आफ्नो कुसल अभिनय कला प्रस्तुत गरेका छन् । यो भिडियो सार्वजनिकपछि लक्ष्मीले भनिन्, ‘गायन पनि मेरो रुचि हो ।’
केही वर्षयता लक्ष्मी मोडलिङ, अभिनय र नृत्यमा क्रियाशील छिन् । अबका दिनमा भने गायनलाई पनि आत्मसाथ गर्दै लाने उनको सोच छ । ‘श्रोता तथा दर्शकले मेरो स्वरलाई रुचाइदिए गायनलाई पनि निरन्तरता दिनेछु’ उनले स्क्रीन नेपालसँग भनिन्, ‘यो मेरो पहिलो प्रयास हो ।’

Comments