सुष्मालाई ‘राष्ट्र सेवा सम्मान’
screennepal
प्रकाशित: २०७४, ४ असार आईतवार
no img

काठमाडौं, ४ असार । उद्यमी तथा ब्यटिसियन सुष्मा महरा ‘राष्ट्र सेवा सम्मान–२०७४’द्वारा सम्मानीत भएकी छन् । सुष्मालाई एक कार्यक्रमबिच पुर्वप्रधान मन्त्री माधवकुमार नेपाललले सम्मान प्रदान गरे । सम्मान ग्रहणपछि सुष्माले भनिन्, ‘राष्ट्र सेवा सम्मानबाट सम्मानीत हनु पाउँदा खुसी लाग्यो ।यसले मेरा लागि आगाम दिनमा थप जिम्मेवारी बढाएको छ ।’
उनले अगाडि थपिन्, ‘मेरा क्षेत्रका विकृतिहरुलाई चिर्दै अनेक अप्ठ्याराहरुसँग लड्दै नेपालका महिला दिदीबहिनीलाई सक्षम र उद्योमी बनाउने मेरो अभियानलाई यस सम्मानले अझ कार्यशील हुन हौसला प्रदान गरेको छ ।’
सौन्दर्य व्यवसायमार्फत सफलता हाँसिल गर्न सफल सौन्दयकर्मी सुषमा महरा २०५५ सालदेखि निरन्तर ‘फेसियल हाउस लेडिज एन्ड जेन्ट्स सैलुन’ स्थापना गरेर व्यवसाय सञ्चालन गर्दै आएकी छन् । उनले करिब ५० युवायुवतीलाई रोजगारी दिँदै आएकी छन् । बाषिर्क ५ सयभन्दा बढी सौन्दर्य कर्मी उत्पादन गर्दै रोजगारी प्रदान गर्ने तथा महिला उद्योमी विकाश गर्ने कार्य गर्दै आएकी सुष्माले यसबाहेक समाज सेवामा पनि सक्रिय हुँदै आएकी छन् ।

Comments