BOOST गरेर ‘भिअर्स’ बढाउनु घृणित कार्य हो : दर्पण राई (भिडियो वार्ता)
screennepal
प्रकाशित: २०७४, २३ बैशाख शनिबार
no img

काठमाडौं, २३ बैशाख । नेपाली गीतसंगीतको क्षेत्रमा यु–ट्यबको लोकप्रियतासँगै ‘गुगल बुस्ट’को पनि चलन बढ्दैछ । कुनै समय टेलिभिजन र एफएम रेडियोहरुमा धेरै प्रसारण तथा बज्ने गीतलाई हिट मानिन्थ्यो । तर, हिजोआज यु–ट्युबको चलन बढेपछि ‘भ्युअर्स’ हेर्न थालिएको छ । यहाँ जुन भिडियोको यु–ट्युबमा बढी भिअर्स हुन्छ, त्यही गीतलाई ‘हिट’ मान्न थालिएको छ ।
यसरी यु–ट्युब भिअर्सलाई हिट भिडियो वा गीतका रुपमा लिन थालिएपछि कलाकारमा ‘बुस्ट’ संस्कार बढ्दै गएको छ । भिडियोमा यु–ट्युबमा अपलोड गरेपछि ‘गुगल बुस्ट’ गर्ने र रातारात भिअर्स बढाउने एक किसिमको होडबाजी नै चल्न थालेका छ । तर, यसरी बुस्ट गरेर भिअर्स बढाउँदा नराम्रा सिर्जनाहरुले पनि भिअर्स तथा फलोअर्स पाएको हुन्छ । यस्तो प्रवृतिले भिअर्सलाई आधार मानेर ‘हिट’ भन्नाले यहाँ राम्रा सिर्जनाहरु ओझेलमा पर्ने गरेको मोडल तथा गीतकार दर्पण राई बताउँछन् ।
एमएमएस इन्टरटेनमेन्टलाई दिएको अन्तवार्तामा उनले ‘बुस्ट’ गर्ने चलन बढ्दै गएपछि भिअर्सको आधारमा कुन गीत हिट र फ्लफ भन्न नसक्ने अवस्था आएको बताएका हुन् । हुन पनि यहाँ बजारमै नसुनिएका गीत तथा भिडियोको यु–ट्युबमा लाखौ भिअर्स पाएको हुन्छ । तर, त्यो कुरा यु–ट्युब र त्यसमा देखिएका भिअर्सलाई मात्र हेर्नेहरुले ख्याल गरेको पाइँदैन ।
‘तिम्ले बाटो फेरेयौ अरे’ जस्ता हिट गीतका गीतकार दर्पण भन्छन्, ‘गुगलमा बुस्ट गरेर आफ्नो भिडियो तथा गीतको भिअर्स बढाउँनेहरुले गर्दा स्तरिय गीत तथा भिडियोहरु मारमा पर्न थालेका छन् । बुस्टबारे अरु थप दर्पणले के भनेछन् छ ? तलका लिंकमा क्लिक गरेर थाहा पाउनुस् ।

https://www.youtube.com/watch?v=mVtwgiBStVg

Comments