एसियन नाटक सम्मेलन बंगलादेशमा हुँदैै
screennepal
प्रकाशित: २०७४, २२ बैशाख शुक्रबार
no img

काठमाडौं, २२ बैशाख । पिपुल्स थियटर एसोसियन र बंगलादेश नेशनल सेन्टर अफ आईटा ले आयोजना गरेको “एसियन नाटक सम्मेलन” यहि मे ५ र ६ तारेखमा बङ्गलादेशको ढाकामा हुँदैछ ।

बङ्गलादेश शिल्पकला एकेडेमीमा हुने उक्त सम्मेलनमा नेपाल, भारत, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, सिङ्गापुर, मलेसिया, कम्बोडिया, बङ्गलादेशलगायत करिब एक दर्जन देशका नाटक निर्देशकहरुको सहभागिता रहनेछ । उपस्थित निर्देशकहरुले परम्परागत रंगमञ्च, एसियाली रंगमञ्च,दक्षिण एसियाली रंगमञ्च,मध्यपुर्बिय रंगमञ्च,एसियाली पपेट थिएटर,रंगमञ्चको बिकास,सम्भाबना र चुनौती लगायतका बिभिन्न बिषयमा चर्चा गर्नेछन् । त्यस्तै बिभिन्न दश वटा देशहरुको अहिलेको नाटक र रंगमञ्च को अबस्थाको बारेमा पनि चर्चा गरिनेछ ।
यसै क्रममा नेपालको तर्फबाट भने युवा नाटक निर्देशक प्रेम पौडेलको सहभागिता रहनेछ ।पौडेलले उक्त सम्मेलनमा नेपालको नाटक र रंगमञ्च बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै उनले नेपालमा बालनाटकको बिकासमा बिभिन्न प्राईभेट बिद्यालयहरुको भुमिकाको बारेमा पनि चर्चा गर्नेछन् ।

बिभिन्न देशका निर्देशकहरुले प्रस्तुत गरेका कार्यपत्रहरु समेटेर “एसियन थियटर ” नामक पुस्तक समेत प्रकाशन गरिने आयोजक संस्थाले जनाएकोछ । उक्त सम्मेलनमा एसियन भिडियो कन्फेरेन्स र चित्रकला प्रदर्शनी पनि रहेको छ ।जस अन्तरगत नेपालको तर्फबाट पौडेलद्धारा नै निर्देशित तिन वटा नाटकका भिडियोहरु,क्रियटिभ एकेडेमिको “झुमा” ,बेस्ट मन्टेश्वरी एलिमेन्टेरी स्कुलको “चिप्लेढुङ्गा” र लोक दृष्टि थियटरको  “लम्बरी लाले” प्रदर्शन हुनेछन् ।
शुक्रबार र शनिबार गरि दुई दिन सम्म चल्ने उक्त सम्मेलनको समापन भने शनिबार बेलुकिबिभिन्न छ वटा लघुनाटकको मञ्चन सहित गरिनेछ ।

Comments