युवा आगो हुन् : नवल खड्का
screennepal
प्रकाशित: २०७४, ९ बैशाख शनिबार
no img

काठमाडौं, ९ बैशाख । ‘राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल काठमाडौ’ले माइतिघर मण्डलामा सिमानामा काँडेतार लाउन जागरण अभियानमा वक्ताका रुपमा अभिनेता तथा निर्माता नवल खड्का प्रस्तुत भए । उनले कार्यक्रममा बोल्दै भने, ‘सिमानामा काँढेतार बार लगाउनका लागि हामी युवा अनि सम्पूर्ण देशभक्त नेपाली बिना बर्दीका सिपाही हौं ।’ साथै, उनले आवश्यकता परे चलचित्रको पर्दामा मात्र नभएर सिमानामा काँढेतार लाउनका तयार हुने समेत बताए ।
‘युवा भनेको आगो हुन्’ भन्दै युवाले सिमानामा काँढेतार बार लगाइ छोड्ने बताए । उक्त अभियानमा वक्ताका रुपमा बोल्ने क्रममा राजनीतिक विश्लेषक एवं विज्ञ साध्यबहादुर भण्डारी, सिमाविद बुद्धिनारायण श्रेष्ठ, देशभक्त समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानालगायतले बोलेका थिए । सिमानामा काँढेतार अभियान्ता सुशील कुवँरले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Comments