सीता सिंगकको ‘सोल्टी निष्ठुरी…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २९ चैत्र मंगलवार
no img

काठमाडौं, २९ चैत । गायिका सीताकुमारी सिंगकको ‘सोल्टी निष्ठुरी’ सार्वजनिक भएको छ । लिम्बू भाषा गीत गायनमा स्थापित सीताको यो पहिलो नेपाली गीति भिडियो हो, जसलाई उनले डिजिटल मिडिया यु–ट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

sita
सार्वजनिक भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन् । भिडियोमा पार्वती राई र मानकाजको अभिनय छ । गायिका सीताले केही समयअघि मात्र एल्बम ‘फेदापहाङ्मा’ ल्याएकी थिइन् । त्यसपछि उनले ‘सोल्टी निष्ठुरी’ बोलको गीत ल्याएकी हुन् । जसबाट उनी अपेक्षित पनि छिन् ।
सुमधुर स्वरकी धनी सीताले यस गीतका लागि निकै मिहिनेत खर्चेकी छन् । तेह्रथुम जलजलेकी सीताले थुप्रै कलेक्सन एल्बम तथा चलचित्रहरुमा आफनो स्वर दिइसकेकी छन् । हालै सार्वजनिक गीत ‘सोल्टी निष्ठुरी’ मा  यस गीतमा नाकिमा नाकिमको शब्द, मण्डल साम्पाङको संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको छ ।

Comments