ललितपुर उप–महानगरपालिकाको उप–मेयरमा चर्चामा लक्ष्मणको नाम
screennepal
प्रकाशित: २०७३, १८ चैत्र शुक्रबार
no img

काठमाडौं, १८ चैत । आसन्न स्थानीय चुनावको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल पनि तीव्र भएको छ ।
सरकारले आउँदो ३१ बैशाखमा स्थानीय चुनावको मिति घोषणा गरेको छ । यससँगै गाउँघरदेखि सहरसबजारसम्म चुनावी माहोल तात्न थालेको हो । चुनावी माहोलसँगै उम्मेदवारीको नाम अगाडि सार्न दलहरु अग्रसर भएका छन् ।

lax
यस्तै, ललितपुर उप–महानगरपालिकाका लागि मेयर र उपमेयरका लागि केही नाम चर्चामा आएका छन् । मेयरमा नेपाली काँग्रेसको तर्फबाट चिरिबाबु महर्जन, प्रेमकृष्ण महर्जन, भरतलाल न्याँछ्वलगायतको नाम आएको छ भने एमालेको तर्फबाट हरिकृष्ण ब्यञ्जनकार, प्रेम महर्जनलगायतको नाम आएको छ ।
त्यस्तै, माओवादी केन्द्रबाट राजेशकाजी महर्जन, दिनेश महर्जन, बाबुराजा बज्रचार्य र अधिवक्ता लक्ष्मण महर्जनको नाम चर्चामा आएको छ ।
लक्ष्मण महर्जनले उप–मेयरमा उम्मेदवारी दावी गर्दै आएका छन् । लिटिल फ्लावर पब्लिक स्कुलका अध्यक्ष समेत रहेका लक्ष्मणले भने, ‘मैले उप–मेयरका लागि उम्मेदवारी दिने सोच बनाइसकेको छु ।’ लक्ष्मण युवामाझ लोकप्रिय माओवादी केन्द्र केन्द्रीय सदस्य हुन् ।

Comments