‘जाली माया’मा खुलिन् पविता (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, ९ चैत्र बुधबार
no img

Pabita Rai (4)

काठमाडौं, ९ चैत । माया मात्र होइन, हरेक कुार ‘जाली’ आफैमा खराब छ । तर, यहाँ कुरा ‘जाली माया लाउँने’ को हो । यस्तै, कुरा गर्दैछन्, गायक दीपक लिम्बू, मोडल पविता राई र पुष्पल खड्का । ‘किन जाली माया लाउँनु फसाउँन’ भन्ने गुनासो प्रथम नेपाली तारा समेत रहेका गायक दीपक लिम्बूको हो । उक्त गीतको भावमा मोडल पविता र पुष्पलले ‘जाली माया’ नै गरे ।

Pabita Rai (3)
गायक दीपकको ‘किन जाली माया लाउँनु फसाउँन’ बोलको गीतलाई भिडियोमा उतारिएको छ । जसमा गायक दीपकका अलावा मोडल पविता राई र पुष्पलले अभिनय गरेका छन् । भिडियोमा ‘जाली माया’ लाउँनेमाथि लक्षित गरिएको छ ।

Pabita Rai (2)
युगल पोमुले निर्देशन गरेको यस भिडियोका लागि मोडल पविताका लागि फेसन डिजाइनर कमल मानन्धरले पहरिन तयार गरेका हुन् । उक्त पहिरनमा पविता निकै खुलेकी छन् (हेर्नुस् तस्बिर) । केही साता अघि पनि पविता कमलले तयार गरेको पहिरनमा एक भिडियोमा देखिएकी थिइन् । ‘किन जाली माया लाउनु’ गीतको शब्द तथा संगीत उत्तमजंग लिम्बूले गरेका हुन् । जुन गीत दीपकको पछिल्लो एल्बम ‘श्रेय’ मा छ ।

Pabita Rai Pabita Rai (1)

Comments