‘एक्लो छ ज्यान’ भन्दै उपशनासँग सुरेनको यस्तो रोमान्स (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७३, ३ चैत्र बिहीबार
no img

suren

काठमाडौं, ३ चैत । गायक तथा गीतकार सुरेन ताम्लिङ एक्लो छ ज्यान भन्दै दर्शक एवं श्रोतामाझ आएका छन् । ‘तिमी मलाई मन परेछ’ र ‘डार्लिङ’ जस्ता आफ्ना गीत तथा भिडियोले यु–ट्युबका दर्शकमाझ लोकप्रियता पाइरहेको बेला सुरेनले गीतिभावमा आफूलाई एक्लो महशुस गरेका हुन् ।
पेसाले बेलायती आर्मी सुरेनले आफ्नो आगामी एल्बम ‘आफ्नो’मा समावेश ‘एक्लो छ ज्यान’ बोलको गीतलाई भिडियोमा डिजिटल मिडिया यु–ट्युबमार्फत बिहीबार सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा सुरेनकै शब्दरचना रहेको छ ।
उत्तमजंग लिम्बुको संगीत तथा रोशन वान्तवा राईको म्युजिक एरेञ्ज रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक युगल पोमुले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री तथा मोडल उपशना नेम्बाङसँगै गायक सुरन र दिनेशलाई फिचरिङ गरिएको छ ।

गायनमा जस्तै सुरेनले मोडलिङ तथा अभिनयमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्षम देखिएका छन् । यस भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् ।

गायक तथा गीतकार हुँदै मोडल बनेका सुरेनले आफ्नो एल्बम ‘आफ्नो’ लाई साता दिनभित्र युकेमै सार्वजनिक गर्ने जनाएका छन् । ‘आफ्नो’ सुरेनको पहिलो एल्बम पनि हो । ‘आफ्नो’ एल्बमको बिक्री–वितरणबाट आएको रकमलाई सामाजिक कार्यमा लगाउने समेत सुरेनले बताएका छन् । हाल उनी बेलायतमै रहेका सुरेनले दर्शक तथा श्रोताको माया र हौसला पाएमा गायनलाई निरन्तरता दिने बताए ।

Comments