अब काठमाडौमै त्रिनाले कला उत्सव हुँदै
screennepal
प्रकाशित: २०७३, १९ फाल्गुन बिहीबार
no img

काठमाडौं, १९ फागुन । विश्व कला बजारमा कला र कलाकारलाई चिनाउने महत्वपूर्ण माध्यम बनेको ‘काठमाडौ त्रिनाले’ कला उत्सव अब नेपालमा हुने भएको छ । सिद्धार्थ आर्ट फाउण्डेशनको आयोजनामा हुन लागेको सो त्रिनालेमा नेपालबाहेक २५ मुलुकका ६० भन्दा बढी कलाकार सहभागी हुने फाउण्डेशनका संस्थापक संगीता थापाले बताइन् ।

kala ka kura (3)
सिद्धार्थ आर्ट ग्यालरीमा बुधबार नेपाल ललित कला पत्रकार समाज (सोफाज)द्धारा आयोजित ‘कलाका कुरामा’ थापाले नेपाली कलालाई विश्वमा चिनाउनका लागि त्रिनाले गर्न लागिएको बताइन् ।
त्रिनालेका बारेमा चर्चा गर्दै थापाले विदेशका चर्चित कलाकार सो कलाको उत्सवमा आफ्नो कलाकृति प्रदर्शनीको लागि नेपाल आउने जानकारी दिदँै भनिन्, ‘यहीमार्च २४ तारिखमा विश्वका विभिन्न देशबाट आएका कलाकारले रचना गरेका कलाकृति प्रदर्शनीमा राखिनेछ । जसले काठमाडौंलाई कलामय बनाउने छ ।’

kala ka kura (4)
१७ दिनसम्म चल्ने सो त्रिनालेले कला क्षेत्रमा काम गर्ने संघसंस्था, ब्यक्ति, कलाकार र कलाप्रेमीका लागि कलाका बारेमा सिक्ने र बुझ्नका लागि निकै मद्दत गर्ने थापाले बताइन् । सो त्रिनाले नेपालआर्ट काउन्सिल बबरमहल, तारागाउँम्यूजियम, सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी लगायतका विभिन्न आठ स्थानमा हुने समेत उनले बताइन् ।
नेपालमा कला ग्यालरीको निकै कमी छ यस्तोमा भूकम्पले झनगाह्रो बनाएकोप्रति संकेत गर्दै उनले थपिन्, ‘भुकम्पकाकारण नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई क्षति भएको हुनाले नेपाली कलाका लागि स्पेसमा ठूलो समस्या परेको छ । कला प्रर्दशनी गर्ने राम्रो कक्षको अभावले राम्रा–राम्रा कला महोत्सव तथा कार्यक्रमका लागि निकै समस्याका देखापरेको छ भने यिनै समस्या र चूनौतिका बीच यो कार्यक्रम आयोजना गरिएको छ ।’
विदेशबाट र नेपालकै नामवरिष्ठ कलाकारहरुको कलाकृतिलाई कसरी व्यवस्थित गर्दै दर्शकसामु ल्याउने चूनौति रहेको पनि उनले जानकारी दिइन् ।
कलाका कुरा कार्यक्रममा थापाले सन् २०१५ मै काठमाडौमा त्रिनाले हुनुपर्ने भएपनि भुकम्पको कारण हुन नसकेको जानकारी दिदै उनले यो कार्यक्रम हरेक तीन वर्षमा गर्ने जानकारी दिइन् । यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको नेपाली कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने प्रयास रहेको उनले दाबी गरिन् । यस प्रकारका प्रदर्शनीले बाहिरका कलाकृति नेपाल भित्रिन्छ भने यहाँको बाहिरसम्म जान मद्दत पुग्छ ।
सो त्रिनालेमा चीन, जापान, बेलायत, अमेरिका, युरोपलगायतका २५ मुलुकका ६० जनाकलाकार सहभागी हुनेछन् भने १७ नेपाली कलाकारका कलाकृति समेत राखिने छ ।

Comments