८९औं ओस्करमा इम्मा ‘उत्कृष्ट अभिनेत्री’ (समारोहको दर्जन फोटोसहित)
screennepal
प्रकाशित: २०७३, १६ फाल्गुन सोमबार
no img

89th oscar award (11)

काठमाडौं, १६ फागुन । फिल्मी दुनियाँकै गरिमामय अवार्ड मानिएको ओस्कर समारोहमा कार्यक्रम उद्घोषकले गल्ती ग-यो भने के होला ? आइतबार राति लस एञ्जलसमा सम्पन्न ८९औं ओस्कर अवार्ड समारोहमा यस्र्तै भयो । तर, उद्घोषकले तुरुन्तै आफ्नो गल्ती सच्याए ।

89th oscar award (10)

उद्घोषकले पहिलेदेखि नै चर्चामा रहेको फिल्म ‘लाला ल्याण्ड’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको घोषणा गरेका थिए । तर, केहीबेरमा नै आयोजकद्वारा गल्तीका कारण यस्तो घोषणा भएको जनाउँदै ‘मुनलाइट’ले उक्त अवार्ड जितेको घोषणा गरियो ।

89th oscar award (9)
ओस्करमा ‘लाला ल्याण्ड’ ले ६ विधामा अवार्ड हात पारेको छ । ‘बेस्ट डाइरेक्टर’, ‘बेस्ट ओरिजिलन स्कोर’, ‘बेस्ट सङ’ मा अवार्ड हात पारेको छ । ‘सिनेम्याट्रोग्राफी’ र ’प्रोडक्सन डिजाइन’को अवार्ड पनि यही चलिचित्रको पोल्टामा प¥यो । यो चलचित्र १४ विधामा मनोनित थियो ।

89th oscar award (8)
त्यस्तै, बेस्ट फिल्मको अवार्ड पाएको ‘मुनलाइट’ ले ‘एडप्टेड स्क्रिन प्ले’ अवार्ड पनि प्राप्त गरेको छ । यही चलिचत्रका लागि इम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । ‘म्यान्चेष्टर बाइ द सी’ चलचित्रका लागि केसी एफ्लेकले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । सहायक कलकारको अवार्ड भने भिओला डाबिसले ‘फेन्सेज’ चलचित्रका लागि र महेर्शला अलिले ‘मुनलाइट’का लागि प्राप्त गरे ।

89th oscar award (7)
‘म्यान्चेष्टर बाइ द सी’ र ‘ह्याक्स रिड्ज’ले दुई–दुई वटा अवार्ड जिते भने ‘ह्याक्स रिड्ज’ले साउण्ड मिक्सिङ र बेस्ट इडिटिङ अवार्ड प्राप्त गरेको छ । इरानी फिल्म ‘द सेल्सम्यान’ उत्कृष्ट विदेशी भाषाको फिल्मको पुरस्कार प्राप्त गर्न सफल भएको छ ।  -एजेन्सीको सहयोगमा

89th oscar award (7)89th oscar award (6) 89th oscar award (5) 89th oscar award (4) 89th oscar award (3) 89th oscar award (2) 89th oscar award (1) 89th oscar award

Comments